छुट सुविधाले खाद्यको चामल सकिदै

कृषि प्रधान देश नेपाल ? जसले एक वर्षमा किन्छ ५० अर्बको चामल

खलङ्गा: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले दसैँ, तिहार र छठपर्वलाई लक्ष गरेर वितरण गरिरहेको छुट सुविधाको चामल सकिन लागेकोे छ। जिल्लाको सात गाउँपालिकालाई ७०० क्विन्टल र चन्दननाथ नगरपालिकालाई ३०० क्विन्टल चामलको कोटा तोकिएको थियो ।

दसैँका बेला यहाँका वासिन्दाले अत्यधिक मात्रामा चामल लिएकाले तिहार र छठ नआउँदै छुट सुविधाको खाद्यान्न सकिन थालेको हो। उक्त लिमिटेडले चाडपर्वका बेला एक हजार क्विन्टल चामलको कोटा छुट्याएको थियो। कम्पनीका प्रमुख तिलक सुनारले भने, “छुट सुविधाको चामल लिनेको भिड लाग्ने गरेको छ। यसरी चामल वितरण गर्न थालेकाले उपभोक्ताको भिड लाग्न थाल्यो । चामल पनि सकिन थालिसकेको छ ।”

कम्पनीका अनुसार ९२२ दशमलव ६० क्विन्टल चामल बिक्री भइसकेको छ। अहिलेकै दरमा बिक्री भए तिहार, छठसम्म पुग्दा छुट सुविधाको खाद्यान्न अभाव हुने भएको छ। हाल छुट सुविधाको चामल ७८ क्विन्टल मात्रै बाँकी रहे पनि चामल लिनेको भिड रोकिएको छैन। थप एक हजार क्विन्टल चामल पठाउन माग गरिएको आइपुगे अभाव हुनेछैन। यहाँको आवश्यकताबमोजिम एक हजार क्विन्टल मागेका छौँ ।

केन्द्रले ५०० क्विन्टल चामल पठाउने जनाएको छ । छुट सुविधाको चामल जुम्लामा गत असोज एक गतेदेखि वितरण सुरु गरिएको थियो । हालसम्म एक हजार ५३७ जनाले चामल लिएको शाखा कार्यालयले जनाएको छ। यही कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेपछि किसान भोकमरी हुने त्रासमा छन्। अब झनै छुट सुविधाको चामल किन्नेको घुइँचो लाग्ने देखिएको छ ।

कम्पनीका अनुसार जिल्लाको पातारासी गाउँपालिका र चन्ददनाथ नगरपालिकावासीले छुट सुविधाको चामल अत्यधिक लिएका छन् भने अन्य स्थानीयतहले निकै कम मात्रमा चामल लिएका छन्। उक्त शाखा कार्यालयबाट रु चार लाख ६३ हजार बराबरको छुट सुविधाको चामल बिक्री भएको जनाइएको छ। छुट सुविधाबाहेक साढे ७०० क्विन्टल मौज्दात रहेको र थप छ हजार क्विन्टल चामल आयात भइरहेको कम्पनीले जनाएको छ । रासस

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments