उत्पादन बढाउन माटोको जाँच शिविर सञ्चालन

कुहिने फोहर

जाजरकोट : तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिकाले उत्पादन बढाउन माटोको जाँच थालेको छ । सातवटै वडामा यही पुस ६ देखि १४ गतेसम्म शिविर सञ्चालन गरी उक्त अभियान सञ्चालन गरेको हो ।

जिल्ला कृषि शाखा प्रमुख श्रवणकुमार बुढाका अनुसार माटोको जाँच गराउन फलफूलका लागि तीन फिट गहिरो तथा अन्य बालीका लागि नौदेखि १२ फिट गहिरो खाडल खनेर ५०० ग्राम माटो निकाली शिविरमा जाँच गरिएको छ । उहाँले भन्नुभयो, “माटोको अवस्था पत्ता लगाई कृषकलाई सोहीअनुसारको सल्लाह दिइरहेका छौँ, सधैँ आयात गरेको अन्न र फलफूल मात्र खाएर हुँदैन, आफैँ पनि आत्मनिर्भर बन्नुपर्छ ।”

जाँचपछि माटोको अम्लीयपनबारे जानकारीसँगै सोहीअनुसारको जात सिफारिस गर्न सजिलो हुने बुढाको भनाइ छ । मुड्केचुलामा स्याउ, ओखर, अमिलोलगायतका फलफूल बढी उत्पादन हुन्छ । वर्षेनी घट्दै गएको उत्पादनलाई माटो जाँच गरी बढाएर नतिजामुखी बनाउनका लागि सो अभियान थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो । यहाँको मुख्यबाली मकै र गहुँ हो । पछिल्लो समय गाउँपालिकाले फलफूल खेतीमा जोड दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?