मसलाको रानी सुकुमेल,यस्ता छन् यसमा औषधीय गुण

मसलाको रानी सुकुमेल,यस्ता छन् यसमा औषधीय गुण

सुकुमेललाई मसलाको रानी भनिन्छ । सुकुमेलको वास्नैले तरकारीलाई स्वादिलो बनाइदिन्छ ।

यसमा औषधीय गुण पनि हुन्छ । सुकुमेलको बोट बार्‍है महिना हरियो हुने भएकाले यसलाई बार्‍है महिना हरियो रहने मसला बाली पनि भनिन्छ ।नेपालमा सुकुमेलको उत्पादन कुनै–कुनै स्थानमा फाट्टफुट्ट देखिएपनि व्यवसायिक खेती भने अझै हुन सकेको छैन । भारतको केरला,कर्नाटक र तमिलनाडु जस्ता स्थानमा भने यसको खेती हुने गरेको छ । विश्व बजारमा सुकुमेलको माग धेरैनै छ ।

सुकुमेल बोटमा फल्छ । यसको बोट ५ देखि १० फिटसम्म अग्लो हुन्छ । सुकुमेलको बोटले २ देखि ३ वर्षभित्र उत्पादन दिन थाल्छ । सुकुमेललाई सबैले चिनेकै हुन्छन् । यसलाई मसलाको रुपमा भान्छामा प्रयोग गरिन्छ । यसको प्रयोग हरेक दिन तरकारीमात्र होइन खानका विभिन्न परिकार बनाउँदा पनि गर्ने गरिन्छ । चिया पकाउँदा समेत त्यसलाई स्वादिलो र वास्नायुक्त बनाउन सुकुमेलको प्रयोग गरिन्छ । समुन्द्र सतहबाट ६०० मिटर देखि १७०० मिटर सम्म यसको खेति गर्न सकिन्छ । सुकुमेलको बजार मुल्य करिब ५ हजार रुपैयाँ प्रति किलो पर्दछ । सुकुमेल स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । केहि मानिसहरु मुखमा सुकुमेल राख्छन् । यसको प्रयोग मुख गन्हाउने समस्या सामधानका लागि पनि गर्ने गरिन्छ । यसको फाइदा अनगिन्ति छन् ।

– यदि मानिसलाई कब्जियतको समस्या छ भने सुकुमेललाई पानीमा पकाएर पिउँदा यसले फाइदा गर्दछ । सुकुमेलले पाचन प्रक्रियालाई स्वस्थ बनाउँछ । जसका कारण कब्जियत हुन दिदैनन् ।

– सुकुमेलले मौसम परिर्वतनका दिनहरुमा घाँटी दुख्ने समस्याहरुलाई निको पार्छ । रुघाखोकी छ भने सुकुमेललाई पिनेर महसँग मिसाएर खाएमा आराम मिल्छ ।

-मुख गन्हाएको छ भने मुखमा सुकुमेल राख्दा सुकुमेलको वास्नाले गन्ध हराउनुका साथै मुखलाई स्वस्थ राख्ने गर्दछ । त्यसैगरी श्वास गनाउने समस्यालाई सामाधान गरी स्वादलाई बढाउने काम गर्छ ।

– सुकुमेलको मात्रा मिलाएर प्रयोग गर्दा उच्च रक्तचापका बिरामीहरुलाई रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ ।

– सुकुमेलमा पोटासियम,क्याल्सियम र म्याग्नेसियम खनिज तत्व पाइन्छ ।

– मुटुको धड्कन कम हुने बिरामीहरुका लागी धड्कन सहि राख्न सुकुमेल निकै प्रभावकारी हुन्छ ।

– भोक नलाग्ने ,बान्ता हुने, अपच हुने जस्ता समस्याहरुका लागी सुकुमेल खानाले फाइदा हुन्छ ।

– छातीमा कफ जमेको छ र सास र्फेन गाह्रो भएको छ भने सुकुमेलको प्रयोगबाट राहत मिल्छ ।

– बढि तिर्खा लाग्ने र घाँटी पोल्ने समस्या छ भने सुकुमेल मिसाएको पानि पिउँदा राम्रो हुन्छ ।

– यदि पिसाब सम्बन्धी समस्याहरु छ भने सुकुमेलको प्रयोग फाइदाजनक हुन्छ । कपुर, सुकुमेल र जाइफलको धुलोलाई मिसाएर कुनै कपडामा पोको पारेर बेला–बेलामा सुघ्ने गर्दा पनि शरीरमा रोग प्रतिरोधी क्षमताको विकास हुन्छ ।

सुकुमेलमा औषधीय गुण हुनुका साथै यसको यो शरीरका लागि फाइदाजनक भएकाले विज्ञ वा चिकित्सकसँग सल्लाह लिएर यसको प्रयोग गर्नुपर्छ ।
एजेन्सीहरुको सहयोगमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments