विराटनगर–१८ वर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा
काठमाडौँ : सरकारले वर्ड फ्लु संक्रमण रोक्नका लागि विराटनगर महानगरपालिका वडा नं. १८ लाई रोग प्रभावित क्षेत्र घोषणा गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विराटनगरको हिमालयन कृषि फार्मलाई केन्द्रबिन्दु मानी रोग प्रभावित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो ।
