कालिमाटी बजारको आजको मूल्य :गोलभेडा ठूलो प्रतिकेजी रू.८५,मेथीको साग ९५,जुनार २७५,तामा ९५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ३५, अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी २६५, अम्बा ११० ,आलु रातो प्रतिकेजी मूल्य २९, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी गान्टे मूला प्रतिकेजी ६५,स्थानीय काउली ५० रुपैयाँ,गोलभेडा ठूलो(नेपाली) ८५,गोलभेडा सानो(लोकल) २५, ठूलो गोलभेडा(भारतीय) ८५,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ९५ रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी ११० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ४७५,आभोकाडो ४२५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) ३९०,घिउ सिमी(लोकल) ६५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ६५, भिण्डी १४५,च्याउ डल्ले ३७५ रुपैयाँ,ताजा माछा(छडी) प्रतिकेजी ३२५,ताजा माछा(रहु) २९२.५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments