लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा कृषकलाई राहत वितरण

चौंरी

रसुवा : रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जले कृषकहरुलाई राहत रकम वितरण गरेकोछ ।निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेका कृषकहरुका लागि चालु आर्थिक वर्षको माघ महिनासम्म २२ लाख ३८ हजार बराबरको राहत रकम वितरण गरेको जनाएको छ ।

वन्यजन्तुबाट मानिस घाइते भएका र घरपालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सान भएबापत क्षतिपूर्ति स्वरुप राहत रकम प्रदान गरिएको निकुञ्जले जनाएको छ ।कार्यालयले आर्थिक बर्ष २०७४/०७५ देखि हालसम्म करिब १५ सय कृषकका लागि १ करोड १ लाख क्षतिबापत राहत रकम उपलब्ध गराएको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments