बाघको आक्रमणबाट घाँस काट्न गएकी एक महिलाको मृत्यु
बाँके :मधुवन नगरपालिका ५ शक्तिपुरस्थित चिरौटे सामुदायिक वनमा बाख्रा लिएर घाँस काट्न गएकी एक महिलालाई बाघले आक्रमण गर्दा ज्यान गएको छ ।
मृत्यु हुनेमा मधुवन नगरपालिका ‐५, शक्तिपुर गाउँकी २८ बर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
आज दिउँसो नजिकैको चिरौटे सामूदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको थियो ।