स्वास्थ्यको दृष्टिकोणले गुणकारी किवी :यस्ता छन् फाइदाहरू

किवी फलमा संसारभर पाइने फलहरुमा भएको तत्वहरुको अलावा भिटामिन ‘सी’ अत्याधिक मात्रामा पाइने हुनाले यस फललाई ‘राजा फल’ भनेर चिनिन्छ भने युरोप र अमेरिकामा सर्वोत्कृष्ट फल भनेर चिनिन्छ ।

बेलायतको कृषि मन्त्रालयले संसारभर पाइने विभिन्न फलफुलहरुको परिक्षण गर्दा किवी फलमा अन्य फलहरुमा पाइने भन्दा धेरै नै बढि मात्रामा भिटामिन, प्रोटिन, मिनरल र अन्य तत्वहरु पाइएको तथ्य समेत सार्वजानिक गरेको छ ।

यो हेर्दा चाइनिज गुजेवरी वा ठेकीफल जस्तै देखिएता पनि नेपालमा भने यसलाई ‘झुसेफल’ को रुपले चिनिन्छ । किवीको बैज्ञानिक नाम एक्टिनिडीया डेलिसियोसा (Actinidia deliciosa) हो।

किवीफलको विशेषता र स्वभाव अनुसार चिसो हावापानी, आद्रता बढि भएको, सिंचाई सुविधा भएको जमिन आवश्यक पर्ने भएकोले १००० मिटर देखि २४०० मिटर सम्मको उचाईमा पर्ने पूर्व देखि पश्चिमसम्मको लाखौं हेक्टर पहाडी भू-भागमा यसको खेती गर्न सकिन्छ। 

यस्ता छन् फाइदाहरू

• किवीबाट भिटामिन, खनिज र औषधीजन्य तत्व प्राप्त गर्न सकिन्छ । जसको पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोललार्य सन्तुलनमा राख्ने काम गर्छ ।

• किवीमा पाइने एक्टिनिडेन भनिने खनिज पदार्थले प्रोटिनलाई छिटो पचाउन मद्दत गर्छ । 

• यसले पाचन शक्ति बढाउने काम गर्छ । 

• किवीमा पोटासियमको मात्रा प्रशस्त हुने भएकाले रक्तचाप नियन्त्रण गर्न सहयोग मिल्छ । 

• किवीमा पाइने उच्च भिटामिन सीले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । 

• किवीमा रहेको फाइबरले शरीरका विकारहरूलाई पाचन प्रक्रियाको माध्यमबाट बाहिर निकाल्छ । 

• एकदिनमा २–३ वटा किवीको सेवनले रगत जम्ने सम्भावनालाई १८ प्रतिसतसम्म घटाउँछ । 

• किवीमा चिनीको मात्रा कम हुने भएकाले यो सुगरका रोगीहरूका लागि समेत फाइदाजनक छ ।

• किवी अधिक अल्कलाइनमा वर्गीकृत गरिएको फलफूल हो । यसमा उच्च खनिज पदार्थहरू भएका कारण गहिरो निद्रा लाग्छ । 

• यसको सेवनले शरीरमा फुर्ती आउनुका साथै चिसो कम लाग्छ भने ओस्टियोपोरोसिस घटाउन मद्दत गर्छ । 

• किवी भिटामिन ईको राम्रो स्रोत हो तसर्थ यसले छालालाई बुढ्यौलीको असरबाट जोगाउँछ ।

• यसले आँखालाईसमेत तन्दुरस्त राख्न भूमिका खेल्छ । यसले आँखाको ‘भिजन लस’बाट पनि बचाउँछ ।

• यसमा प्रसस्त आइरनको मात्रा हुने भएकाले गर्भबती महिलाहरुको लागि निकै उपयोगी हुन्छ ।

किवीका दुई प्रकार

किवी दुई प्रकारका हुन्छन् । एउटा झुस हुने र अर्को नहुने । हावार्ड जातीको किवी बिश्वभर लोकप्रिय छ ।

किवीलाई जाम, जुस, स्मोथी, वाइन, केक, सलाद आदीको रुपमा प्रयोग गर्न सकिन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments