बजारमा भारतीय गोलभेडाको हालिमुहाली,नेपाली उत्पादन न्युन मुल्यमा कारोबार
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ९०,लोकल गोलभेडा सानो २५,टनेल गोलभेडा सानो ३२,घिउ सिमी लोकल १००,काउली स्थानिय प्रतिकेजी १०० रुपैयाँ,आलु रातो ६५ रुपैयाँ,मुडे आलु रातो ५८,भारतीय आलु रातो ५४,लौका ४०,हरियो फर्सी डल्लो ४० रुपैयाँ,घिरौला प्रतिकेजी ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ,सिताके च्याउ ९५०,राजा च्याउ २८०,कन्य च्याउ १५० रुपैयाँ, तने बोडी ९०,मकै बोडी ६०,बन्दा लोकल ५० रुपैयाँ,लोकल गाजर ९० रुपैयाँ, मूला रातो ३०,लोकल मूला सेतो २० रुपैयाँ,भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ३०,तितो करेला ३० रुपैयाँ,ब्रोकाउली १८०,कागती २२० रुपैयाँ,भिण्डी २५ रुपैयाँ,रातो बन्दा १५० रुपैयाँ,लोकल काक्रो ७० रुपैयाँ,अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १३० रुपैयाँ,अनार ३८० रुपैयाँ, चोसा आँप २५०,कालो अंगुर ४००,रुख कटहर ९०,लोकल नासपाती ९०,चाइनिज नासपाती २२०,भारतीय मेवा ९०,किवि ३५० रुपैयाँ,आभोकाडो २००,तरबुजा ५०,फूजी स्याउ ३०० रुपैयाँ,शरीफा २४०,जुनार २०० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ३०० रुपैयाँ,पिंडालू ७०,चुकुन्दर ६०,तामा १००,स्कूस २५,रायो साग प्रतिकेजी ९०,पालूगो साग १२०,तोरीको साग ५०,प्याज हरियो २००,लसुन हरियो २००,हरियो धनिया ३०० रुपैयाँ,पुदीना प्रतिकेजी ५०० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २४०,बचुवा माछा २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी ३०० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी ६० रुपैयाँ ,भेडे खु्र्सानी ६० रुपैयाँ,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,टाटे सिमी ८०,लसुन सुकेको नेपाली २२०,चाइनिज लसुन सुकेको २७०,लोकल परवर ६०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ११५,भटमासकोशा १२० रुपैयाँ रहेको समितिले जनाएको छ ।