बजारमा भारतीय गोलभेडा उच्च मुल्यमा कारोबार हुँदा नेपाली गोलभेडाको मुल्य न्युन

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, चिचिण्डो ३०,नेपाली गोलभेडा सानो प्रतिकेजी २० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ६०,टनेल गोलभेडा सानो ३०,घिउ सिमी लोकल ७०,भारतीय प्याज सुकेको १२२,आलु रातो ६८ रुपैयाँ,मुडे आलु रातो ६०,भारतीय आलु रातो ५५ ,लौका ५०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २०० रुपैयाँ,राजा च्याउ २८०,कन्य च्याउ १८० रुपैयाँ,तने बोडी ६०,मकै बोडी ६०,बन्दा लोकल ५० रुपैयाँ,लोकल गाजर १०० रुपैयाँ, मूला रातो २५,लोकल मूला सेतो २० रुपैयाँ,भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०,तितो करेला ५० रुपैयाँ,ब्रोकाउली १००,कागती २०० रुपैयाँ,भिण्डी ३० रुपैयाँ,लोकल काक्रो ५० रुपैयाँ,अदुवा प्रतिकेजी २१० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ,अनार ४५० रुपैयाँ,लोकल नासपाती ९०,चाइनिज नासपाती २८०,नेपाली मेवा ५०,भारतीय मेवा १००,किवि ३०० रुपैयाँ,आभोकाडो २००,अम्बा ९०,तरबुजा ६०,फूजी स्याउ ३०० रुपैयाँ,मौसम ११० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी ४०० रुपैयाँ, चुकुन्दर ६०,लप्सी ४०,पिंडालू ५०,तामा ९०,स्कूस २०,रायो साग प्रतिकेजी १००, पालूगो साग १२०,तोरीको साग ५०,प्याज हरियो २००,लसुन हरियो २८०,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ६०० रुपैयाँ ,रहु माछा ३३०,छडी माछा २३०,बचुवा माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २५० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी ६० रुपैयाँ ,भेडे खु्र्सानी १०० रुपैयाँ,न्यूरो प्रतिकेजी ७० रुपैयाँ,टाटे सिमी ६०,लसुन सुकेको नेपाली १६०,चाइनिज लसुन सुकेको ३००,गुन्दुक प्रतिकेजी २५०,भटमासकोशा ८० रुपैयाँ,लोकल परवर ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?