ह्वात्तै बढ्यो कुरीलोको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ,भारतीय प्याज सुकेको ११०,चिचिण्डो २५,नेपाली गोलभेडा सानो प्रतिकेजी २८ रुपैयाँ,भारतीय गोलभेडा ठूलो १००,टनेल गोलभेडा सानो ५८,घिउ सिमी लोकल ४०,आलु रातो ७५ रुपैयाँ,मुडे आलु रातो ७०,भारतीय आलु रातो ६०,लौका ३०,हरियो फर्सी डल्लो २५ रुपैयाँ,घिरौला प्रतिकेजी ७० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ,राजा च्याउ २८०,कन्य च्याउ १५० रुपैयाँ,तने बोडी ६०,बन्दा लोकल ४० रुपैयाँ, मकै बोडी ६०,लोकल गाजर १०० रुपैयाँ, मूला रातो २५,लोकल मूला सेतो २० रुपैयाँ,भन्टा लाम्चो २५ रुपैयाँ,भन्टा डल्लो ३०,ब्रोकाउली ७०,कागती २०० रुपैयाँ,भिण्डी ४० रुपैयाँ,लोकल काक्रो ४० रुपैयाँ,तितो करेला ५० रुपैयाँ, अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ,अनार ४०० रुपैयाँ,नेपाली मेवा ५०,भारतीय मेवा ८०,किवि ३०० रुपैयाँ,आभोकाडो २००,अम्बा ७०,फुजी स्याउ ३००,लोकल नासपाती १२०,चाइनिज नासपाती २८०, अमला ८०,मौसम ७० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ४८० रुपैयाँ, चुकुन्दर ७०,रायो साग प्रतिकेजी ७०, पालूगो साग ७०,प्याज हरियो १५०,लसुन हरियो २८०,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ५५० रुपैयाँ ,लप्सी ३०,पिंडालू ४०,तामा ९०,स्कूस २०, रहु माछा ३३०,छडी माछा २३०,बचुवा माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २५० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी ९० रुपैयाँ ,भेडे खु्र्सानी १२० रुपैयाँ,लसुन सुकेको नेपाली २८०,चाइनिज लसुन सुकेको ३००, न्यूरो प्रतिकेजी ७० रुपैयाँ,टाटे सिमी ६०,गुन्दुक प्रतिकेजी २५०,भटमासकोशा ७०,बरेला ११०,लोकल परवर ६० रुपैयाँमा कारोबार भइरहेको छ ।