ह्वात्तै बढ्यो भारतीय गोलभेडाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ,भारतीय प्याज सुकेको १२०,नेपाली गोलभेडा सानो प्रतिकेजी ५० रुपैयाँ,भारतीय गोलभेडा ठूलो १३०,टनेल गोलभेडा सानो ६०,घिउ सिमी लोकल १००,आलु रातो ८० रुपैयाँ,मुडे आलु रातो ७५,भारतीय आलु रातो ५८,लौका,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी १०० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ,राजा च्याउ २८०,कन्य च्याउ १६० रुपैयाँ,तने बोडी १२०,बन्दा लोकल ७० रुपैयाँ, मकै बोडी ९०,लोकल गाजर १३० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो ४० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ,भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ६०, भिण्डी ८०,कागती २०० रुपैयाँ,लोकल काक्रो ८० रुपैयाँ,तितो करेला ९० रुपैयाँ,अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १३० रुपैयाँ,अनार ३३० रुपैयाँ,नेपाली मेवा ५०,भारतीय मेवा ९०,किवि ३०० रुपैयाँ,आभोकाडो २००,अम्बा ८०,फुजी स्याउ ३००, तरबुजा ६० ,चाइनिज नासपाती २८०,अमला ६०,मौसम ११० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ४०० रुपैयाँ,चिचिन्डो ५०,चुकुन्दर ८०,रायो साग प्रतिकेजी ९०,पालूगो साग ८०,प्याज हरियो १५०,लसुन हरियो २५०,हरियो धनिया २०० रुपैयाँ,पुदीना प्रतिकेजी ७०० रुपैयाँ ,लप्सी ४०,पिंडालू ६०,तामा ९०,स्कूस ३५,रहु माछा ३३०,छडी माछा २३०,बचुवा माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार हरियो खुर्सानी प्रतिकेजी १५० रुपैयाँ,खु्र्सानी सुकेको ४००,अकबरे खुर्सानी २८०,भेडे खु्र्सानी १५० रुपैयाँ,लसुन सुकेको नेपाली ३००,चाइनिज लसुन सुकेको २८०,सेलरी ७००,पर्सले २०००,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी ९०,बरेला १३०,लोकल परवर १०० रुपैयाँमा कारोबार भइरहेको छ ।