दसैं लागेसङै ह्वात्तै बढ्यो तरकारीको मूल्य,हेर्नुहोस् आजको माछा,फलफूल तथा तरकारीको मूल्य
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ,भारतीय प्याज सुकेको ११५,नेपाली गोलभेडा सानो प्रतिकेजी ९० रुपैयाँ,भारतीय गोलभेडा ठूलो १४०,टनेल गोलभेडा सानो १००,घिउ सिमी लोकल ९०,आलु रातो ८० रुपैयाँ,मुडे आलु रातो ७८,भारतीय आलु रातो ५५,लौका ६०,हरियो फर्सी डल्लो ७० रुपैयाँ,घिरौला प्रतिकेजी १०० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ,राजा च्याउ २८०,कन्य च्याउ २०० रुपैयाँ,तने बोडी ९०,बन्दा लोकल ४० रुपैयाँ, मकै बोडी ८०,लोकल गाजर १५० रुपैयाँ, मूला रातो ३०,लोकल मूला सेतो २० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ,भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ६०,भिण्डी ९०,कागती २२० रुपैयाँ,लोकल काक्रो ८० रुपैयाँ,तितो करेला ११० रुपैयाँ,अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १३० रुपैयाँ,अनार ३३० रुपैयाँ,नेपाली मेवा ५०,भारतीय मेवा ९०,किवि ३३० रुपैयाँ,आभोकाडो २००,अम्बा ५०,फुजी स्याउ ३००,तरबुजा ८०,चाइनिज नासपाती २५०,अमला ७०,मौसम ११० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ५५० रुपैयाँ,चिचिन्डो ६०,चुकुन्दर ९०,रायो साग प्रतिकेजी १३०,पालूगो साग १००,प्याज हरियो १८०,लसुन हरियो २५०,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ७०० रुपैयाँ ,लप्सी ४०,पिंडालू ६०,तामा ९०,स्कूस ३०,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,रहु माछा ३३०,छडी माछा २३०,बचुवा माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार हरियो खुर्सानी प्रतिकेजी १०० रुपैयाँ,खु्र्सानी सुकेको ४३०,भेडे खु्र्सानी १८० रुपैयाँ,लसुन सुकेको नेपाली २९०,चाइनिज लसुन सुकेको २७०,सेलरी ७००,पर्सले २०००,भटमासकोशा ८०,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी ८०,बरेला १२०,लोकल परवर ९० रुपैयाँमा कारोबार भइरहेको छ ।