ह्वात्तै बढ्यो सागको मूल्य,हेर्नुहोस् आजको माछा,फलफूल तथा तरकारीको मूल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य १२० रुपैयाँ,भारतीय प्याज सुकेको ११०,नेपाली गोलभेडा सानो प्रतिकेजी १२० रुपैयाँ,भारतीय गोलभेडा ठूलो १४०,टनेल गोलभेडा सानो १३०,घिउ सिमी लोकल १००,आलु रातो ८५ रुपैयाँ,मुडे आलु रातो ८०,भारतीय आलु रातो ६१,लौका ५०,हरियो फर्सी डल्लो ३० रुपैयाँ,घिरौला प्रतिकेजी ९० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ,राजा च्याउ २८०,कन्य च्याउ ११० रुपैयाँ,तने बोडी ९०,बन्दा लोकल ५० रुपैयाँ, मकै बोडी ७०,लोकल गाजर १५० रुपैयाँ, मूला रातो ५०,लोकल मूला सेतो ५० रुपैयाँ, ब्रोकाउली १३० रुपैयाँ,भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०,भिण्डी ६०,कागती २२० रुपैयाँ,लोकल काक्रो १०० रुपैयाँ,तितो करेला ८० रुपैयाँ,अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ,अनार ३८० रुपैयाँ, नेपाली मेवा ५०,भारतीय मेवा ९०,किवि ३३० रुपैयाँ,आभोकाडो २००,अम्बा ८०,फुजी स्याउ २६०,तरबुजा ८०,चाइनिज नासपाती २५०,अमला ५०,मौसम ११० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी ४०० रुपैयाँ,चिचिन्डो ६०,चुकुन्दर ९०,रायो साग प्रतिकेजी १८०,पालूगो साग २५०,प्याज हरियो २५०,लसुन हरियो ४००,हरियो धनिया २५० रुपैयाँ,पुदीना प्रतिकेजी ८०० रुपैयाँ ,लप्सी ५०,पिंडालू ६०,तामा ९०,स्कूस ३०,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,रहु माछा ३४०,छडी माछा २४०,बचुवा माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २०० रुपैयाँ,खु्र्सानी सुकेको ४२०, हरियो खुर्सानी २५०,भेडे खु्र्सानी २८० रुपैयाँ,लसुन सुकेको नेपाली २९०,चाइनिज लसुन सुकेको २७०,सेलरी ८००,पर्सले २५००,भटमासकोशा ९०,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी ८५,बरेला १००,लोकल परवर ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?