घट्यो घिरौलाको मूल्य,हेर्नुहोस् आजको माछा,फलफूल तथा तरकारीको मूल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य ११० रुपैयाँ,भारतीय प्याज सुकेको ९८,नेपाली गोलभेडा सानो प्रतिकेजी १०० रुपैयाँ,भारतीय गोलभेडा ठूलो १३०,टनेल गोलभेडा सानो ११०,घिउ सिमी लोकल ६०,आलु रातो ८० रुपैयाँ,मुडे आलु रातो ७०,भारतीय आलु रातो ५५,लौका ३०,हरियो फर्सी डल्लो ४० रुपैयाँ,घिरौला प्रतिकेजी ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ,कन्य च्याउ १०० रुपैयाँ,तने बोडी ८०,बन्दा लोकल ४५ रुपैयाँ,मकै बोडी ४०,लोकल गाजर १०० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो ३० रुपैयाँ, ब्रोकाउली १३० रुपैयाँ,भन्टा लाम्चो ४० रुपैयाँ,भिण्डी ७०,कागती २०० रुपैयाँ,लोकल काक्रो १०० रुपैयाँ,तितो करेला ५० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ,अनार ३८० रुपैयाँ, नेपाली मेवा ५०,भारतीय मेवा ९०,किवि ३३० रुपैयाँ,आभोकाडो २००,फुजी स्याउ ३००,तरबुजा ८०,चाइनिज नासपाती २७०,अमला ५०,मौसम १०० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी ४०० रुपैयाँ,चिचिन्डो ४०,चुकुन्दर ८०,रायो साग प्रतिकेजी ७०,चमसुरको साग १००,पालूगो साग ९०,प्याज हरियो १००,लसुन हरियो ३००,हरियो धनिया १०० रुपैयाँ,पुदीना प्रतिकेजी ८०० रुपैयाँ ,लप्सी ४०,पिंडालू ६०,तामा ९०,स्कूस २०,छडी माछा २४०,रहु माछा ३४५,बचुवा माछा २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २४० रुपैयाँ,खु्र्सानी सुकेको ४००, हरियो खुर्सानी १४०,भेडे खु्र्सानी १८० रुपैयाँ,लसुन सुकेको नेपाली ३००,चाइनिज लसुन सुकेको २८०,सेलरी ९००,पर्सले २५००,भटमासकोशा ८०,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी ९०,बरेला ७०,लोकल परवर ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?