डल्लेच्याउको मुल्य घट्दा बढ्यो कन्य च्याउ , हेर्नुहोस् आजको माछा,फलफूल तथा तरकारीको मूल्य
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ३५ रुपैयाँ,भारतीय गोलभेडा ठूलो ८०,टनेल गोलभेडा सानो ५५, भारतीय गोलभेडा सानो ४०,काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ,भारतीय प्याज सुकेको १२०,घिउ सिमी लोकल ५०,आलु रातो ८० रुपैयाँ,भारतीय आलु रातो ६२,लौका ३०,हरियो फर्सी डल्लो ४० रुपैयाँ,घिरौला प्रतिकेजी ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २३० रुपैयाँ,कन्य च्याउ १८० रुपैयाँ,तने बोडी १४० ,बन्दा लोकल ५० रुपैयाँ,मकै बोडी ६०,लोकल गाजर १२० रुपैयाँ, मूला रातो २५,लोकल मूला सेतो १० रुपैयाँ,ब्रोकाउली १२० रुपैयाँ,भन्टा लाम्चो ३० रुपैयाँ,भिण्डी ८०,कागती १५० रुपैयाँ,लोकल काक्रो ७० रुपैयाँ,तितो करेला ९० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १६० रुपैयाँ,अनार ४५० रुपैयाँ, नेपाली मेवा ४०,भारतीय मेवा १००,किवि २०० रुपैयाँ, सुन्तला नेपाली ९०,भारतीय सुन्तला १००,आभोकाडो २००,फुजी स्याउ २८०,तरबुजा ९०,चाइनिज नासपाती २३०,अमला ७०,मौसम १५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ८०० रुपैयाँ,चिचिन्डो ३०,चुकुन्दर ८०, रायो साग प्रतिकेजी ३०,चमसुरको साग १४०,पालूगो साग ५०,प्याज हरियो ८०,लसुन हरियो २५०,हरियो धनिया ८० रुपैयाँ,पुदीना प्रतिकेजी ५०० रुपैयाँ ,लप्सी ४०,पिंडालू ७०,तामा ९०,स्कूस २३,छडी माछा २४०,रहु माछा ३४५,बचुवा माछा २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार हरियो खुर्सानी अकबरे प्रतिकेजी २७०,खुर्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी ६०,भेडे खु्र्सानी १३० रुपैयाँ,लसुन सुकेको नेपाली ३२०,चाइनिज लसुन सुकेको ३१०,सेलरी ५००,पर्सले १५००,भटमासकोशा ८०,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी ७०,रुख टमाटर १५०,बरेला ३०,लोकल परवर ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
