ह्वात्तै घट्यो ज्यापु काउलीको मूल्य,हेर्नुहोस् आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार कुरीलो प्रतिकेजी न्यूनतम मूल्य ११०० रुपैयाँ,चिचिन्डो ४०,चुकुन्दर ११०,रायो साग प्रतिकेजी ४०,चससुरको साग १२०,पालूगो साग ९०,प्याज हरियो १००,लसुन हरियो २५०,हरियो धनिया २०० रुपैयाँ,पुदीना प्रतिकेजी ६०० रुपैयाँ ,सेलरी ५००,पर्सले १५००,लप्सी ५०,पिंडालू ६०,तामा ९०,स्कूस २० रुपैयाँ रहेको समितिले जनाएको छ ।

यस्तै नेपाली गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ९०, भारतीय गोलभेडा सानो ६५ ,टनेल गोलभेडा सानो ८०,तराइ गोलभेडा सानो ८०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ,ज्यापु काउली स्थानिय १००,भारतीय प्याज सुकेको ९५,घिउ सिमी लोकल १२०,आलु रातो ६५ रुपैयाँ,आलु सेतो ५८,भारतीय आलु रातो ६०,लौका ७०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २३० रुपैयाँ,कन्य च्याउ १५० रुपैयाँ,तने बोडी १३०,बन्दा लोकल ८० रुपैयाँ,मकै बोडी ६०,लोकल गाजर १६० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो ४० रुपैयाँ, सखरखण्ड ९०,ब्रोकाउली १२० रुपैयाँ,भन्टा लाम्चो ७० रुपैयाँ,भिण्डी ९०,कागती १४० रुपैयाँ, लोकल काक्रो ११० रुपैयाँ,मटरकोशा १३०,तितो करेला १०० रुपैयाँ,अदुवा प्रतिकेजी १०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ,अनार ३५० रुपैयाँ,नेपाली मेवा ४०,भारतीय मेवा ९०,किवि २०० रुपैयाँ,अंगुर कालो ३५०,नेपाली सुन्तला ८०,भारतीय सुन्तला ९०,स्ट्रबेरी ४०० रुपैयाँ,आभोकाडो २००,फुजी स्याउ २८०,अम्बा १८०,अमला ६०,जुनार ३००,मौसम १५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

समितिका अनुसार हरियो खुर्सानी अकबरे प्रतिकेजी २५०,खुर्सानी सुकेको ३८० रुपैयाँ,हरियो खुर्सानी ५०,भेडे खु्र्सानी ६० रुपैयाँ,लसुन सुकेको नेपाली ३५०,चाइनिज लसुन सुकेको ३५०,गुन्दुक प्रतिकेजी २८०,टाटे सिमी १२०,रुख टमाटर १५०,बरेला ६०,लोकल परवर ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?