ह्वात्तै बढ्यो झोले स्याउको मूल्य,हेर्नुहोस् आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ९०, भारतीय गोलभेडा सानो ६० ,टनेल गोलभेडा सानो ७०,तराइ गोलभेडा सानो ७०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ,ज्यापु काउली स्थानिय १३०,भारतीय प्याज सुकेको ९५,घिउ सिमी लोकल १५०,आलु रातो ६५ रुपैयाँ,आलु सेतो ५५,भारतीय आलु रातो ६०,लौका ६०,हरियो फर्सी डल्लो ६० रुपैयाँ,घिरौला प्रतिकेजी ७० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २०० रुपैयाँ,कन्य च्याउ १५० रुपैयाँ,तने बोडी १४०,बन्दा लोकल ८० रुपैयाँ,मकै बोडी ६०,लोकल गाजर १४० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो ४० रुपैयाँ, सखरखण्ड ९०,ब्रोकाउली १३० रुपैयाँ,भन्टा लाम्चो ४० रुपैयाँ,भिण्डी ९०,कागती १४० रुपैयाँ, लोकल काक्रो १०० रुपैयाँ,मटरकोशा १३०,तितो करेला १०० रुपैयाँ,अदुवा प्रतिकेजी ११० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ,अनार ३५० रुपैयाँ,शरिफा २००,नेपाली मेवा ४०,भारतीय मेवा ९०,किवि २०० रुपैयाँ,अंगुर कालो ३५०,नेपाली सुन्तला ८०,भारतीय सुन्तला ९०,स्ट्रबेरी ४०० रुपैयाँ,आभोकाडो २००,फुजी स्याउ २८०, झोले स्याउ २४०,अम्बा १८०,अमला ६०,जुनार ३००,मौसम १५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी न्यूनतम मूल्य ११०० रुपैयाँ,चिचिन्डो ६०,चुकुन्दर ९०,रायो साग प्रतिकेजी ३०,चससुरको साग १४०,पालूगो साग ९०,प्याज हरियो १००,लसुन हरियो २००,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ५०० रुपैयाँ ,सेलरी ५००,पर्सले १५००,लप्सी ५०,पिंडालू ५०,तामा ९०,स्कूस २० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार हरियो खुर्सानी अकबरे प्रतिकेजी ३००,खुर्सानी सुकेको ३८० रुपैयाँ,हरियो खुर्सानी ५०,भेडे खु्र्सानी ७० रुपैयाँ,लसुन सुकेको नेपाली ३५०,चाइनिज लसुन सुकेको ३५०,गुन्दुक प्रतिकेजी २८०,टाटे सिमी १२०,रुख टमाटर १५०,बरेला ५०,लोकल परवर ९० रुपैयाँमा कारोबार भइरहेको छ ।