ह्वात्तै घट्यो ब्रोकाउलीको मूल्य,हेर्नुहोस् आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ९०, भारतीय गोलभेडा सानो ६० ,टनेल गोलभेडा सानो ७०,तराइ गोलभेडा सानो ७०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ,ज्यापु काउली स्थानिय १००,भारतीय प्याज सुकेको ९०,घिउ सिमी लोकल ११०,आलु रातो ६५ रुपैयाँ,आलु सेतो ६०,भारतीय आलु रातो ६०,लौका ६०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ९० कायम भइ कारोबार भइरहेको छ ।
समितिका अनुसार हरियो खुर्सानी अकबरे प्रतिकेजी ३००,खुर्सानी सुकेको ३८० रुपैयाँ,हरियो खुर्सानी ५०,भेडे खु्र्सानी ७० रुपैयाँ,लसुन सुकेको नेपाली ३५०,चाइनिज लसुन सुकेको ३५०,गुन्दुक प्रतिकेजी २८०,टाटे सिमी १२०,रुख टमाटर १५०,बरेला ५०,लोकल परवर ८० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ,कन्य च्याउ १८० रुपैयाँ,तने बोडी १४०,बन्दा लोकल ७० रुपैयाँ,मकै बोडी ६०,लोकल गाजर १४० रुपैयाँ, मूला रातो ५०,लोकल मूला सेतो ४० रुपैयाँ, सखरखण्ड ९०,ब्रोकाउली १०० रुपैयाँ,भन्टा लाम्चो ६० रुपैयाँ,भिण्डी ९०,कागती १४० रुपैयाँ, लोकल काक्रो ९० रुपैयाँ,मटरकोशा १३०,तितो करेला १०० रुपैयाँ,अदुवा प्रतिकेजी ११० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ,अनार ३५० रुपैयाँ,शरिफा २००,नेपाली मेवा ४०,भारतीय मेवा ९०,किवि २०० रुपैयाँ,अंगुर कालो ३५०,नेपाली सुन्तला ८०,भारतीय सुन्तला ९०,स्ट्रबेरी ४०० रुपैयाँ,आभोकाडो २००,फुजी स्याउ २८०, झोले स्याउ २४०,अम्बा १८०,अमला ७०,जुनार ३००,मौसम १५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी न्यूनतम मूल्य ११०० रुपैयाँ,चिचिन्डो ५०,चुकुन्दर ९०,रायो साग प्रतिकेजी ४०,चससुरको साग १३०,पालूगो साग ९०,तोरीको साग ४०,मेथीको साग १३०,प्याज हरियो १००,लसुन हरियो २००,हरियो धनिया १०० रुपैयाँ,लप्सी ५०,पिंडालू ६०,तामा ९०,स्कूस २० रुपैयाँ रहेको समितिले जनाएको छ ।