व्यावसायिक प्याज खेतीतर्फ बैतडीका किसान, परियोजना टोलीद्वारा फर्म निरीक्षण

बैतडी, वैशाख १५ – परियोजना व्यवस्थापन इकाइ खुमलटारका वरिष्ठ योजना अधिकृत इन्द्र शर्मा ढुंगाना, सूचना प्रविधि विज्ञ गोपाल तिवारी, र परियोजना कार्यान्वयन इकाइ दार्चुलाका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय प्रमुख कमल तामाङसहितको टोलीले आज बैतडी जिल्लास्थित किसानका प्याज खेती फर्महरूको अवलोकन तथा निरीक्षण गरेका छन्।
स्थानीय किसानसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै प्याज खेतीमा भइरहेको प्रगति र चुनौतीबारे जानकारी लिएका छन्। परियोजनाले बैतडी जिल्लाका किसानलाई प्याज उत्पादनमा व्यवसायिक बनाउन विशेष योजना बनाई कार्यान्वयन गरिरहेको छ।
परियोजनाको निरन्तर सहयोग र प्रविधिको प्रयोगसँगै बैतडीका किसानहरू अहिले व्यावसायिक प्याज खेतीतर्फ आत्मनिर्भर हुँदै गएका छन्। कृषकहरूले उच्च गुणस्तरीय प्याज उत्पादन गरी स्थानीय तथा बाह्य बजारमा राम्रो मूल्य प्राप्त गर्न थालेका छन्।