श्रमदानदेखि उद्योगसम्म हर्क साम्पाङको यात्रा, धरानमा ‘माया धराने’ बेसार उत्पादन सुरु

धरान: मेयर हर्कराज राई (हर्क साम्पाङ) को पहलमा धरान उपमहानगरपालिकाले ‘माया धराने बेसार उद्योग’ सञ्चालनमा ल्याएको छ। धरान–२०, भञ्ज्याङमा स्थापित उद्योगले उत्पादन र बिक्रीसमेत सुरु गरिसकेको छ।

उपमहानगरपालिकाको करिब ३१ लाख रुपैयाँ लगानीमा निर्मित यो उद्योगलाई स्थानीय सरकारको पहिलो उद्योगका रूपमा हेरिएको छ। उद्योगले धरान–२०, विष्णुपादुकाका किसानबाट उच्च गुणस्तरको कच्चा बेसार खरिद गरी आधुनिक मेसिनबाट शतप्रतिशत शुद्ध उत्पादन गर्ने लक्ष्य राखेको छ।

हाल ५ जनाले रोजगारी पाएको उद्योगको औपचारिक उद्घाटन आगामी असार २५ गते मेयर साम्पाङले गर्ने कार्यक्रम छ। श्रमदानबाट चर्चित मेयर साम्पाङले धरानमा साबुन र प्लास्टिक प्रशोधन उद्योग स्थापनाको प्रक्रिया पनि अघि बढाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?