कालीमाटीमा आजको तरकारी तथा फलफूलको भाउ: केको मूल्य कति ?

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज अधिकांश तरकारी तथा फलफूलको मूल्य स्थिर रहे पनि केहीको मूल्यमा भने उतारचढाव देखिएको छ।

सार्वजनिक मूल्यसूची अनुसार, आज ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकेजी न्यूनतम रु ६० देखि अधिकतम रु ७० सम्म रहेको छ भने सानो लोकल गोलभेडा रु ३२ देखि ४० र टनेलको सानो गोलभेडा रु ४८ देखि ५८ सम्ममा कारोबार भइरहेको छ। यस्तै, नेपाली भान्साको अभिन्न अंग आलु र प्याजको मूल्यमा पनि विविधता देखिएको छ। रातो आलु प्रतिकेजी रु ४४-४६, भारतीय रातो आलु रु ३६-३८ र सेतो आलु रु ३९-४१ मा किनबेच भइरहेको छ। सुकेको भारतीय प्याजको मूल्य भने रु ४३ देखि ४५ सम्म तोकिएको छ।

यसैगरी, हरियो तरकारीतर्फ स्थानीय काउलीको मूल्य प्रतिकेजी रु ६० देखि ७० रहँदा तराईको काउली रु ४५ देखि ६० मा उपलब्ध छ। बन्दाको मूल्य प्रतिकेजी रु २० देखि ३० सम्म रहेको छ, जुन बजारमा सबैभन्दा सस्तो तरकारीमध्ये एक हो। काक्रो(लोकल) रू ५५ देखि रू ७०, काक्रो(हाइब्रीड) रू १० देखि रू २०, यस्तै, लौका, चिचिण्डो र तने बोडीको मूल्य पनि सस्तो रहेको छ। लौका र चिचिण्डो प्रतिकेजी रु २०-३० मा कारोबार भइरहँदा तने बोडीको मूल्य रु १५ देखि ३० सम्म कायम भएको छ।

समितिका अनुसार, सिमी तथा बोडीजन्य तरकारीको मूल्य पनि फरक-फरक रहेको छ। घिउ सिमी (लोकल) रु ५५-६५, घिउ सिमी (हाइब्रीड) रु ४०-५० र राजमा सिमी रु ८०-१०० मा बिक्री भइरहेको छ। मटरकोशाको मूल्य भने प्रतिकेजी रु १८० देखि २०० सम्म रहेको छ।

सागपातको मूल्यतर्फ हेर्दा, रायोको साग प्रतिकेजी रु १०० देखि १२०, पालूगो साग रु १४० देखि १५० र तोरीको साग रु ७० देखि ८० सम्म रहेको छ। हरियो प्याजको मूल्य प्रतिकेजी रु १८० देखि २२० सम्म पुगेको छ भने पार्सलेको मूल्य आकासिएर रु ८०० देखि १००० सम्म पुगेको छ।

यस्तैगरी, च्याउतर्फ कन्य च्याउको मूल्य रु १३०-१६०, डल्ले च्याउ रु ३००-३५० र सिताके च्याउ रु ८००-९०० रहेको छ। ब्रोकाउली रु ६५-७५, कुरीलो रु २००-२५०, गुन्द्रुक रु ३००-३५० र तामाको भाउ रु १४०-१५० तोकिएको छ।

फलफूलतर्फ, केरा प्रति दर्जन रु १३५ देखि १४५, भारतीय मेवा रु ८५ देखि १०० र अनार रु ३०० देखि ३५० सम्ममा कारोबार भइरहेको छ। स्याउमा झोले स्याउ रु २३०-२५० र फूजी स्याउ रु २८०-३४० मा बिक्री भइरहेको छ भने मालदह आँप रु ९५-११० र दसहरी आँप रु १००-११० मा पाइन्छ।

हरियो धनियाँ प्रतिकेजी रु २०० देखि २५०, सुकेको चाइनिज लसुन रु १८०-२००, नेपाली सुकेको लसुन रु १४०-१७० र अदुवा रु ९०-११० मा बिक्री भइरहेको छ। यस्तै, हरियो खुर्सानी रु ३०-४०, अकबरे खुर्सानी रु २००-२३० र सुकेको खुर्सानीको मूल्य रु २५० देखि ३५० सम्म रहेको छ। ताजा माछामा रहु माछाको थोक मूल्य प्रतिकेजी रु ३१०-३३० र बचुवा माछा रु ३००-३२० कायम भएको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?