नेपालबाट एक बर्षमा झण्डै ४ अर्बको छुर्पी निर्यात

काठमाडौं ७ साउन। गत आर्थिक वर्ष २०८१ /८२ मा नेपालबाट झण्डै चार अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार सो अवधिमा ३ अर्ब ९२ करोड ७० लाख रुपैयाँको छुर्पी निर्यात भएको हो।

विशेषगरी कुकुरको लागि ‘डग च्यू’ का रूपमा नेपाली छुर्पीको माग अमेरिका, युरोप, जापान लगायतका विकसित देशमा बढ्दो छ। यसले नेपालको निर्यात व्यापार र विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण टेवा पुर्‍याएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments