आँपको स्वादमा विदेशी भर, एकै वर्षमा भित्रियो करिब ९७ लाख किलो आँप
काठमाडौं। गर्मी मौसमको स्वादिलो फल आँपमा नेपालको परनिर्भरता डरलाग्दो देखिएको छ। गत आर्थिक वर्ष २०८१ /८२ मा मात्रै नेपालले करिब ९७ लाख किलो आँप विदेशबाट आयात गरेको छ, जसका लागि ६४ करोड २७ लाख रुपैयाँ बाहिरिएको छ।
भन्सार विभागका अनुसार, उक्त आँप आयातबाट राज्यकोषमा १५ करोड ६० लाख रुपैयाँ राजस्व थपिएको छ। एकातिर देशमै व्यावसायिक आँप खेतीको प्रचुर सम्भावना हुँदाहुँदै वर्षेनी करोडौंको आँप आयात हुनुले कृषि क्षेत्रको अवस्थालाई उजागर गरेको छ।
