साढे ६ करोडको अम्बा आयात, कृषिमा परनिर्भरता कायमै
काठमाडौं । नेपालमा सहजै उत्पादन हुने अम्बाका लागि गत आर्थिक वर्षमा करोडौं रुपैयाँ बाहिरिएको छ। भन्सार विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१ /८२ मा नेपालले ६ करोड ४५ लाख ९५ हजार रुपैयाँको अम्बा आयात गरेको हो।
एक वर्षको अवधिमा भारत लगायतका देशबाट कुल १२ लाख ९३ हजार ३ सय ८९ किलो अम्बा भित्रिएको तथ्यांकले देखाउँछ। उक्त परिमाणको अम्बा आयात हुँदा सरकारले १ करोड ५७ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
नेपालको हावापानीमा सजिलै फल्ने र राम्रो आम्दानी दिनसक्ने फलफूलमा समेत परनिर्भर रहनुले कृषि उत्पादनमा प्रोत्साहनको कमी देखिएको छ।
