हलेसीमा अकबरे खुर्सानीको व्यावसायिक खेती, किसान राई उत्साहित

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का किसान चित्र राईले व्यावसायिक रूपमा लगाएको अकबरे खुर्सानीले राम्रो उत्पादन दिएको छ। नगरपालिकाको प्राविधिक सहयोग र आफ्नै कडा मेहनतका कारण उनको बारीमा फलेका खुर्सानी अहिले बजार पठाउनका लागि तयारी अवस्थामा छन्।

राईले स्थानीय सरकारबाट प्राप्त प्राविधिक ज्ञानको सदुपयोग गर्दै आधुनिक तरिकाले खुर्सानी खेती गरेका हुन्। उनको बारीमा लटरम्म फलेका राताम्मे अकबरे खुर्सानीले सबैको ध्यान तानेको छ। यो सफल उत्पादनले उनलाई आर्थिक रूपमा सक्षम बनाउने आशा जगाएको छ भने अन्य स्थानीय किसानहरूलाई पनि व्यावसायिक खेतीतर्फ लाग्न प्रेरणा मिलेको छ।

“नगरपालिकाको सहयोग र सही तरिकाले मेहनत गरेपछि आफ्नै माटोमा सुन फलाउन सकिँदो रहेछ,” किसान राईले खुसी व्यक्त गर्दै भने। उनको यो प्रयासले स्थानीय स्तरमा कृषि उद्यमशीलताको एक उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?