आज पनि मनसुन सक्रिय: कोशी, मधेश, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं, श्रावण २५ :

आज आइतबार पनि देशभर मनसुनी वायुको प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका अधिकांश स्थानमा बदली रही मध्यम वर्षाको सम्भावना छ भने केही प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।

विभागका अनुसार, आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी मधेश प्रदेश तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

यस्तै, आज राती पनि देशभर मौसम साधारणतया बदली नै रहनेछ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। विभागले रातीको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औंल्याएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। नदीको जलस्तर बढ्ने, सडक तथा हवाई यातायातमा अवरोध आउन सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?