कालीमाटीमा आज तरकारी र फलफूलको भाउ कति? (मूल्यसूचीसहित)
काठमाडौं, भाद्र १०।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबार, भदौ १० गतेका लागि तरकारी तथा फलफूलको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार, आज अधिकांश तरकारी तथा फलफूलको मूल्य स्थिर रहेको छ भने केहीको मूल्यमा सामान्य घटबढ देखिएको छ।
समितिका अनुसार, आज लोकल सानो गोलभेडाको मूल्य प्रतिकेजी न्यूनतम रू २५ देखि अधिकतम रू ३२ सम्म रहेको छ भने टनेलको सानो गोलभेडा रू २८ देखि रू ४२ सम्ममा कारोबार भइरहेको छ। यस्तै, रातो आलु प्रतिकेजी रू ४९ देखि रू ५३, भारतीय रातो आलु रू २८ देखि रू ३०, मुडेको रातो आलु रू ४२ देखि रू ४४ र सेतो आलु रू ३७ देखि रू ४१ सम्ममा किनबेच भइरहेको छ। भारतीय सुकेको प्याजको मूल्य भने प्रतिकेजी रू ४० देखि रू ४२ कायम भएको छ।
यसैगरी, स्थानीय काउली प्रतिकेजी रू १०० देखि रू ११० र तराईको काउली रू ९० देखि रू १०० मा कारोबार भइरहेको छ। लोकल बन्दा रू ३० देखि रू ४०, लोकल गाजर रू ११० देखि रू १२० र तराईको गाजर रू १०० देखि रू ११० मा बिक्री भइरहेको छ। रातो मूला र सेतो हाइब्रिड मूला दुवैको मूल्य प्रतिकेजी रू ४० देखि क्रमशः रू ५० र रू ४५ सम्म रहेको छ।
यस्तैगरी, लाम्चो भन्टा रू ३५-४५, डल्लो भन्टा रू ५०-६०, तने बोडी रू ९०-१००, मकै बोडी रू ७०-८०, घिउ सिमी लोकल रू १००-१२०, घिउ सिमी हाइब्रिड रू ९०-११० र टाटे सिमी रू ९०-१०० सम्ममा कारोबार भइरहेको छ।
लौका, परवर, घिरौला र फर्सी जस्ता तरकारीको मूल्यमा पनि विविधता देखिएको छ। लौका प्रतिकेजी रू ५५-६५, परवर रू ६०-७०, घिरौला रू ६०-७०, पाकेको फर्सी रू ३५-४५, लाम्चो हरियो फर्सी रू ५०-६० र डल्लो हरियो फर्सी रू ६०-७० रहेको छ। समितिका अनुसार, भिण्डी रू ५०-६०, स्कूस रू ३०-३५, पिंडालू रू ७०-८०, सलगम रू ९०-१०० र ब्रोकाउली रू २४०-२८० मा कारोबार भइरहेको छ।
सागपाततर्फ आज सबैभन्दा महँगो चमसूरको साग रहेको छ, जसको मूल्य प्रतिकेजी रू २८० देखि रू ३०० सम्म तोकिएको छ। यस्तै, रायोको साग रू १३०-१५०, पालूगो साग रू १२०-१३०, तोरीको साग रू ९०-१०० र जिरीको साग रू १००-११० रहेको छ।
च्याउतर्फ कन्य च्याउ रू १५०-२००, डल्ले च्याउ रू ३८०-४३०, राजा च्याउ रू २८०-३०० र सिताके च्याउ रू ९०० देखि रू १००० सम्म रहेको छ।
यसैगरी, मसलाजन्य वस्तुमा हरियो धनियाँ प्रतिकेजी रू ३००-४००, अकबरे खुर्सानी रू १५०-२५०, सुकेको खुर्सानी रू ३५०-४००, नेपाली सुकेको लसुन रू १४०-१६० र चाइनिज सुकेको लसुन रू २००-२२० रहेको छ। अदुवाको मूल्य प्रतिकेजी रू १०० देखि रू १२० सम्म कायम छ।
फलफूलतर्फ, फूजी स्याउ प्रतिकेजी रू २८० देखि रू ३२०, झोले स्याउ रू २२० देखि रू २५०, केरा प्रतिदर्जन रू १३५ देखि रू १४५ र अनार रू ३३० देखि रू ३६० सम्ममा कारोबार भइरहेको छ। यस्तै, कागती रू १४०-१६०, मौसम रू १४०-१६०, मेवा (नेपाली) रू ५०-६०, अम्बा रू २२०-२५० र किवि रू ३५० देखि रू ४०० सम्म रहेको छ। भुई कटहर प्रतिगोटा रू १४० देखि रू १५० मा बिक्री भइरहेको समितिले जनाएको छ।
यस्तै, कुरीलोको मूल्य प्रतिकेजी रू ३०० देखि रू ४००, न्यूरो रू ९०-१००, तामा रू १००-११०, गुन्द्रुक रू २५०-३०० र तोफु रू १००-१२० रहेको छ। माछामा रहु ताजा प्रतिकेजी रू ३२०-३३० र सुकेको माछा रू ८०० देखि रू १००० सम्ममा कारोबार भइरहेको छ। विशेष वस्तुमध्ये पार्सलेको मूल्य सबैभन्दा उच्च प्रतिकेजी रू ११०० देखि रू १३०० सम्म रहेको छ।
