हरियो धनिया ३०० र लसुन १८० पुग्दा भारतीय भन्दा लोकल गोलभेडा सस्तो

काठमाडौँ, मङ्सिर ९ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मङ्गलबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

जसअनुसार ठूलो भारतीय गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी रू ११०, सानो लोकल गोलभेडा रू १००, सानो टनेल गोलभेडा रू १२०, सानो भारतीय गोलभेडा रू १२० र सानो तराई गोलभेडा रू १२० तोकिएको छ ।

यसैगरी, आलु र प्याजको मूल्य हेर्दा रातो आलु प्रतिकेजी रू ५०, भारतीय रातो आलु रू ३०, सेतो आलु रू ४० र सुकेको भारतीय प्याज रू ३२ कायम गरिएको छ । गाजरको हकमा लोकल गाजर रू १४० र तराईको गाजर रू १२० रहेको छ ।

यस्तैगरी, बन्दा र काउली तर्फ लोकल बन्दा रू ६०, स्थानीय काउली रू ६० र तराई काउली रू ५० रहेको छ । समितिले रातो मूला रू ५० र लोकल सेतो मूला रू ३०, लाम्चो र डल्लो भन्टा दुवैको मूल्य रू ६० निर्धारण गरेको छ ।

यस्तै, काक्रो (लोकल र लोकलक्रस) रू ५०, हाइब्रिड काक्रो रू ४०, निबुवा रू ४०, तने बोडी रू १७०, मकै बोडी रू ५५, मटरकोशा रू १००, लोकल घिउ सिमी रू १५०, हाइब्रिड घिउ सिमी रू १४०, राजमा घिउ सिमी रू ११०, टाटे सिमी रू १४० र बकूला रू १४० रहेको छ ।

सागपात तथा अन्य तरकारीमा तितो करेला रू १४०, लौका रू ५५, लोकल तथा तराई परवर रू १००, घिरौला रू ११०, पाकेको फर्सी रू ३०, लाम्चो हरियो फर्सी रू ७०, डल्लो हरियो फर्सी रू ५०, सलगम रू १००, भिण्डी रू ११०, सखरखण्ड रू ६०, बरेला रू ६०, पिंडालू रू ८० र स्कूस रू २० तोकिएको छ । रायो साग रू ७०, पालुंगो साग रू १८०, चमसूरको साग रू १३०, तोरीको साग रू ६०, मेथीको साग रू १५० र हरियो प्याज रू ६० रहेको छ । साथै, तरुल रू ८० र गान्टे मूला रू ८० कायम छ ।

कन्य च्याउ रू २३०, डल्ले च्याउ रू ३५०, राजा च्याउ रू २८० र सिताके च्याउ रू ८०० रहेको छ । महँगो तरकारी अन्तर्गत पर्ने कुरीलो रू १०००, ब्रोकाउली रू १४०, चुकुन्दर रू ७०, रातो बन्दा रू १००, जिरीको साग रू ५००, सेलरी रू ३००, पार्सले रू ६५०, सौफको साग रू १५०, पुदीना रू ५५०, इमली रू १७०, तामा रू १२०, तोफु रू १३० र गुन्दुक रू ३०० मा बिक्री भइरहेको छ ।

यस्तै लगायत फलफूल तर्फ झोले स्याउ रू २००, फूजी स्याउ रू २८०, केरा (दर्जन) रू १३०, कागती रू १००, अनार रू ३८०, नेपाली सुन्तला रू १००, हरियो तरबुजा रू ७५, मौसम रू ८०, जुनार रू २५० र भुई कटहर (प्रति गोटा) रू १६० तोकिएको छ । चाइनिज नासपाती रू २००, नेपाली मेवा रू ६०, भारतीय मेवा रू ९०, अम्बा रू ८०, लप्सी रू ६०, स्ट्रबेरी भुईऐसेलु रू ५००, किवि रू २००, शरीफा रू १८०, आभोकाडो रू २५०, अमला रू ७० र रुख टमाटर रू १२० रहेको छ ।

समितिका अनुसार, अदुवा रू ८०, सुकेको खुर्सानी रू ३५०, हरियो खुर्सानी रू ८०, बुलेट खुर्सानी रू १३०, माछे खुर्सानी रू १५०, अकबरे खुर्सानी रू १२० र भेडे खुर्सानी रू १६० रहेको छ । यस्तै, हरियो लसुन रू १३०, हरियो धनिया रू ३००, सुकेको चाइनिज लसुन रू १८०, सुकेको नेपाली लसुन रू १३०, सुकेको र हरियो छ्यापी रू १८० कायम भएको छ ।

माछा तर्फ सुकेको माछा रू ८००, ताजा रहु माछा रू ३२०, बचुवा माछा रू २६० र छडी माछा रू २३० निर्धारण गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?