कालीमाटी अपडेट: स्कूस २० रुपैयाँ, घिरौलाको भाउ आकासियो
काठमाडौं, मंसिर १० गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि कृषि उपजको नयाँ बजार मूल्य निर्धारण गरेको छ । समितिले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न तरकारी, फलफूल, मसला तथा माछाको न्यूनतम मूल्यसूची यस प्रकार रहेको छ ।
समितिका अनुसार, गोलभेडा र आलुको मूल्यमा स्थिरता देखिएको छ । गोलभेडा ठूलो (भारतीय) को न्यूनतम मूल्य प्रतिकेजी रु. ११०, गोलभेडा सानो (लोकल) रु. १०० तथा सानो (टनेल), सानो (भारतीय) र सानो (तराई) सबैको मूल्य रु. ११० तोकिएको छ । आलु रातो प्रतिकेजी रु. ५०, भारतीय रातो आलु रु. ३१ र सेतो आलु रु. ३९ कायम हुँदा सुकेको भारतीय प्याजको मूल्य रु. ३२ रहेको छ ।
यसैगरी, काक्रो लोकल रु. ५०, हाइब्रिड रु. ४० र लोकलक्रस रु. ४५, निबुवा रु. ४०, गाजर लोकलको रु. १४० र तराईको रु. १२० पर्नेछ ।
बन्दा लोकलको रु. ७०, तराईको रु. ६० र नरिवल बन्दाको रु. ५० मूल्य तोकिएको छ । काउली स्थानीयको रु. ५५, ज्यापु काउलीको रु. ६५ र तराई काउलीको रु. ५० रहेको छ ।
मूला रातोको रु. ५५, सेतो लोकलको रु. २५ र हाइब्रिड सेतो मूलाको रु. ५० कायम भएको छ । भन्टा लाम्चोको रु. ६० र डल्लोको रु. ६५ छ ।
यस्तै, कोसे तरकारीतर्फ बोडी (तने) रु. १६० र मकै बोडी रु. ६०, मटरकोशा रु. १३०, घिउ सिमी लोकल रु. १६०, हाइब्रिड रु. १५० र राजमा सिमी रु. ११० मा बिक्री भइरहेको छ । टाटे सिमी रु. १३० र बकूलाको मूल्य रु. १५० तोकिएको छ ।
त्यसैगरी, तितो करेला रु. १३०, लौका रु. ५५, परवर लोकल रु. ९० र तराई रु. १००, घिरौला रु. ११० रहेको छ । पाकेको फर्सी रु. ३५, हरियो लाम्चो फर्सी रु. ७० र डल्लो फर्सी रु. ५५ पर्नेछ । सलगम रु. ११०, भिण्डी रु. ९०, सखरखण्ड रु. ६०, बरेला रु. ६५, पिंडालू रु. ८०, स्कूस रु. २० र तरुल रु. ८० कायम गरिएको छ ।
सागपाततर्फ रायो र तोरीको साग रु. ६०, पालुगो रु. २००, चमसूर रु. १५०, मेथी रु. २००, हरियो प्याज रु. ६० रहेको छ । महँगो सागहरुमा जिरीको साग रु. ५००, सेलरी रु. ३००, पार्सले रु. ६५०, सौफको साग रु. १५० र पुदीना रु. ५५० प्रति केजी तोकिएको छ ।
समितिका अनुसार, च्याउतर्फ कन्य रु. २००, डल्ले रु. ३५०, राजा च्याउ रु. २८० र सिताके च्याउ रु. ८०० पर्नेछ । सबैभन्दा महँगो तरकारीमध्ये पर्ने कुरीलोको मूल्य रु. १००० छ । ब्रोकाउली रु. १४०, चुकुन्दर रु. ७०, रातो बन्दा रु. १००, गान्टे मूला रु. ८०, इमली रु. १७०, तामा रु. १२०, तोफु रु. १३० र गुन्दुक रु. ३५० कायम भएको छ ।
फलफूलतर्फ स्याउ झोले रु. २०० र फूजी रु. २८०, केरा (दर्जन) रु. १३०, कागती रु. १००, अनार रु. ३५०, नेपाली सुन्तला रु. १००, हरियो तरबुजा रु. ७५, मौसम रु. ८०, जुनार रु. २५० र भुई कटहर प्रति गोटा रु. १६० रहेको छ ।
चाइनिज नासपाती रु. २००, मेवा नेपाली रु. ६० र भारतीय रु. ९०, अम्बा रु. ८०, लप्सी रु. ६५, स्ट्रबेरी (भुईऐसेलु) रु. ४५०, किवि रु. २००, शरीफा रु. १८०, आभोकाडो रु. २५०, अमला रु. ७० र रुख टमाटर रु. १२० तोकिएको छ ।
यस्तै, अदुवा रु. ८०, सुकेको खुर्सानी रु. ३५०, हरियो खुर्सानी रु. ८०, बुलेट खुर्सानी रु. १३०, माछा खुर्सानी रु. १४०, अकबरे खुर्सानी रु. १२० र भेडे खुर्सानी रु. १५० रहेको छ । हरियो लसुन रु. १४०, हरियो धनिया रु. २२०, सुकेको चाइनिज लसुन रु. १८० र नेपाली रु. १३० छ । छ्यापी सुकेको रु. २०० र हरियो रु. १८० पर्नेछ ।
अन्त्यमा, माछाको मूल्य हेर्दा सुकेको माछा रु. ८००, ताजा माछा (रहु) रु. ३२०, बचुवा रु. २६० र छडी माछा रु. २३० प्रति केजी रहेको समितिले जनाएको छ ।
