हेर्नुहोस् आजको माछा, फलफूल तथा तरकारीको पूर्ण मूल्यसूची
काठमाडौँ, ०६ साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज कालीमाटी बजारमा विभिन्न जातका तरकारी, फलफूल र माछाको मूल्यमा केही उतारचढाव देखिएको छ।
समितिका अनुसार आज गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो न्यूनतम मूल्य ४० रुपैयाँ र अधिकतम ५० रुपैयाँ तोकिएको छ। गोलभेडा सानो (लोकल) न्यूनतम १५ देखि अधिकतम २० रुपैयाँ र गोलभेडा सानो (टनेल) न्यूनतम २६ देखि अधिकतम ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, आलु रातो (लाम्चो) न्यूनतम ४४ देखि अधिकतम ४८ रुपैयाँसम्म पुगेको छ भने रातो आलु (गोलो) र आलु रातो (मुडे) दुवैको मूल्य न्यूनतम ४२ देखि अधिकतम ४७ रुपैयाँ कायम गरिएको छ। भारतीय रातो आलुको मूल्य भने न्यूनतम ३३ देखि अधिकतम ३५ रुपैयाँ रहेको छ। यस्तै, सुकेको भारतीय प्याजको मूल्य न्यूनतम ५४ देखि ५७ रुपैयाँसम्म रहेको समितिले जनाएको छ।
गाजर (लोकल) न्यूनतम १०० देखि अधिकतम १२० रुपैयाँ र गाजर (तराई) न्यूनतम ९० देखि १०० रुपैयाँमा बिक्री भइरहेको छ। बन्दा (लोकल) न्यूनतम २० देखि ३० रुपैयाँ, स्थानीय काउली ६० देखि ८० रुपैयाँ, र काक्रो (लोकल) ५० देखि ७० रुपैयाँको बीचमा रहेको छ। हाइब्रीड काक्रोको मूल्य भने २० देखि ३० रुपैयाँ मात्र छ। त्यसैगरी, रातो मूला २५ देखि ३५ रुपैयाँ र हाइब्रीड सेतो मूला १५ देखि २५ रुपैयाँमा पाइनेछ। भन्टा लाम्चो ४० देखि ५० र भन्टा डल्लो ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ।
समितिका अनुसार तने बोडी ९० देखि ११० रुपैयाँ र मकै बोडी ५० देखि ६० रुपैयाँमा उपलब्ध छ। घिउ सिमी (लोकल) १०० देखि १२०, हाइब्रीड घिउ सिमी ९० देखि १०० र राजमा सिमी १०० देखि १३० रुपैयाँसम्म पुगेको छ। टाटे सिमी ७० देखि ८०, भटमासकोशा ८० देखि १००, तितो करेला ४० देखि ५०, र लौका ५० देखि ६० रुपैयाँमा किनबेच भइरहेको छ। परवर (लोकल र तराई दुवै) ४० देखि ५० रुपैयाँ, चिचिण्डो २० देखि ३०, घिरौला ५० देखि ६० र झिगूनी ६० देखि ७० रुपैयाँ तोकिएको छ। पाकेको फर्सी र हरियो डल्लो फर्सी दुवैको मूल्य ५० देखि ६० रुपैयाँको हाराहारीमा छ। भिण्डी ६० देखि ७०, पिंडालू ९० देखि १०० र स्कूस ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ।
सागपाततर्फ रायो साग १२० देखि १३०, पालूगो साग १०० देखि १२० र तोरीको साग ९० देखि ११० रुपैयाँसम्म पुगेको छ। हरियो प्याजको मूल्य ८० देखि १०० रुपैयाँ रहेको छ। यस्तै, कन्य च्याउ २३० देखि २६०, डल्ले च्याउ ४०० देखि ४५०, राजा च्याउ ३०० देखि ३२० र महँगो मानिने सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ।
त्यसैगरी, कुरीलो ३०० देखि ४००, न्यूरो ९० देखि १०० र ब्रोकाउली ९० देखि ११० रुपैयाँमा कारोबार भइरहेको छ। चुकुन्दर ६० देखि ७०, रातो बन्दा ३० देखि ४०, जिरीको साग ९० देखि १००, सेलरी १८० देखि २००, पार्सले ४०० देखि ५००, र सौफको साग ९० देखि १०० रुपैयाँ तोकिएको छ। पुदीना २५० देखि ३००, गान्टे मूला ८० देखि ९०, इमली १६० देखि १८० र तामा १४० देखि १६० रुपैयाँमा पाइनेछ। तोफु १४० देखि १६० र गुन्दुक ३०० देखि ३५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
फलफूलको मूल्य विवरण दिँदै समितिले फुजी स्याउ प्रतिकिलो २८० देखि ३०० रुपैयाँ तोकेको छ। नेपाली केरा प्रतिदर्जन २०० देखि ३०० र मालभोग केरा १८० देखि २०० रुपैयाँमा उपलब्ध छ। कागती १६० देखि २००, अनार ४५० देखि ५००, र मालदह तथा दसहरी आँप १६० देखि १८० रुपैयाँमा पाइन्छ। हरियो तरबुजा ६० देखि ७० र जुनार २७० देखि ३०० रुपैयाँमा कारोबार भइरहेको छ। भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ तोकिएको छ। यस्तै, रुख कटहर ४० देखि ५०, लोकल नासपाती १०० देखि ११०, नेपाली मेवा ८० देखि ९० र भारतीय मेवा १०० देखि १२० रुपैयाँ रहेको छ। काँचो नरिवल ६० देखि ८० र हरियो नरिवल १५० देखि १७० रुपैयाँमा बिक्री भइरहेको छ।
अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ४५० देखि ५००, र हरियो लाम्चो खुर्सानी ५० देखि ६० रुपैयाँ रहेको छ। बुलेट र माछे हरियो खुर्सानी ४० देखि ५० रुपैयाँमा पाइन्छ भने अकबरे हरियो खुर्सानी १५० देखि २५० रुपैयाँसम्म पुगेको छ। भेडे खुर्सानी ४० देखि ५० र हरियो धनिया १५० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ। सुकेको चाइनिज लसुन २०० देखि २३०, नेपाली लसुन १८० देखि २०० र सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ तोकिएको छ।
अन्त्यमा, माछाको मूल्य विवरण अनुसार सुकेको माछा प्रतिकिलो ८०० देखि १००० रुपैयाँमा बिक्री भइरहेको छ। ताजा माछा (रहु) ३२० देखि ३४० र ताजा माछा (बचुवा तथा छडी) २८० देखि ३०० रुपैयाँ प्रतिकिलोका दरले कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
