कालिमाटी बजारमा आज कुन कृषि उपजको थोक मूल्य कति ? यस्तो छ न्यूनतमदेखि अधिकतम मूल्यसूची
काठमाडौँ, १० साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि विभिन्न कृषि उपजको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ।
समितिका अनुसार, ठूलो नेपाली गोलभेडाको मूल्य प्रतिकिलो न्यूनतम रु ४० देखि अधिकतम रु ६० सम्म रहेको छ भने टनेलमा उत्पादित सानो गोलभेडाको मूल्य रु २४ देखि रु ३५ सम्म छ। त्यसैगरी, लाम्चो रातो आलु रु ४६ देखि रु ५०, गोलो रातो आलु रु ४८ देखि रु ५२, मुडे रातो आलु रु ४८ देखि रु ५३, भारतीय रातो आलु रु ३३ देखि रु ३५ तथा सेतो आलु रु ३० देखि रु ३५ प्रतिकिलो रहेको छ। भारतीय सुकेको प्याजको मूल्य रु ५४ देखि रु ५७ प्रतिकिलो छ।
यसैगरी, लोकल गाजर रु १०० देखि रु ११० र तराईको गाजर रु ८० देखि रु ९० प्रतिकिलो रहेको छ। लोकल बन्दा रु २५ देखि रु ३५, स्थानीय काउली रु ८० देखि रु १००, लोकल काक्रो रु ५० देखि रु ७०, हाइब्रिड काक्रो रु १५ देखि रु २५ तथा लोकलक्रस काक्रो रु ५० देखि रु ७० प्रतिकिलोमा कारोबार भइरहेको छ।
त्यस्तै, रातो मूला रु २५ देखि रु ३० र सेतो हाइब्रिड मूला रु २० देखि रु २५ प्रतिकिलो रहेको छ। लाम्चो भन्टा रु ६० देखि रु ७० तथा डल्लो भन्टा रु ७० देखि रु ८० प्रतिकिलो छ। तने बोडी रु ८० देखि रु १०० र मकै बोडी रु ७० देखि रु ८० प्रतिकिलोमा बिक्री भइरहेको छ।
घिउ सिमी लोकल र हाइब्रिड दुवैको मूल्य रु ११० देखि रु १३० प्रतिकिलो रहेको छ भने टाटे सिमी रु १०० देखि रु १२० र भटमासकोशा रु ९० देखि रु ११० प्रतिकिलो छ। तितो करेला रु ६० देखि रु ७०, लौका रु ६० देखि रु ७०, लोकल परवर रु ६० देखि रु ७० तथा तराईको परवर रु ६० देखि रु ७० प्रतिकिलोमा कारोबार भइरहेको छ।
यसैगरी, चिचिण्डो रु ३० देखि रु ४०, घिरौला रु ६० देखि रु ७०, झिगूनी रु ७० देखि रु ८०, पाकेको फर्सी रु ५० देखि रु ६०, हरियो डल्लो फर्सी रु ६० देखि रु ७०, भिण्डी रु ८० देखि रु ९०, सखरखण्ड रु १०० देखि रु १२०, पिंडालू रु ९० देखि रु १०० र स्कूस रु ६० देखि रु ७० प्रतिकिलो रहेको छ।
सागसब्जीतर्फ रायो सागको मूल्य रु २०० देखि रु २५०, पालुंगो साग रु २०० देखि रु २५०, तोरीको साग रु १०० देखि रु १५० र हरियो प्याज रु १०० देखि रु १५० प्रतिकिलो छ। च्याउतर्फ कन्य च्याउ रु २४० देखि रु २८०, डल्ले च्याउ रु ४५० देखि रु ५००, राजा च्याउ रु ३०० देखि रु ३२० तथा सिताके च्याउ रु ८०० देखि रु १ हजार प्रतिकिलो रहेको छ।
त्यसैगरी, कुरिलो रु ३०० देखि रु ४००, न्यूरो रु १०० देखि रु १२०, ब्रोकाउली रु ११० देखि रु १३०, चुकुन्दर रु ६० देखि रु ७०, रातो बन्दा रु ३० देखि रु ४० तथा जिरीको साग रु १०० देखि रु १५० प्रतिकिलो छ। सेलरी रु १८० देखि रु २००, पार्सले रु ४०० देखि रु ५००, सौफको साग रु १५० देखि रु २००, पुदीना रु ३०० देखि रु ४०० तथा गान्टे मूला रु २०० देखि रु २५० प्रतिकिलोमा कारोबार भइरहेको छ।इमली रु १६० देखि रु १८०, तामा रु १४० देखि रु १६०, तोफु रु १४० देखि रु १६०, गुन्दुक रु ३०० देखि रु ३५० प्रतिकिलो रहेको छ।
फलफूलतर्फ फुजी स्याउको मूल्य रु २८० देखि रु ३०० प्रतिकिलो रहेको छ। नेपाली केराको मूल्य प्रतिदर्जन रु २०० देखि रु ३०० र मालभोग केराको मूल्य रु १८० देखि रु २०० रहेको छ। कागती रु १६० देखि रु २००, अनार रु ४५० देखि रु ५००, मालदह आँप रु १८० देखि रु २०० र दसहरी आँप रु १८० देखि रु २०० प्रतिकिलोमा कारोबार भइरहेको छ।
हरियो तरबुजा रु ६० देखि रु ७०, जुनार रु २७० देखि रु ३००, भुईँकटहर प्रतिगोटा रु १८० देखि रु २००, रुख कटहर रु ४० देखि रु ५०, लोकल नासपाती रु १०० देखि रु ११०, नेपाली मेवा रु ८० देखि रु ९० तथा भारतीय मेवा रु १०० देखि रु १२० प्रतिकिलो रहेको छ।
समितिका अनुसार आभोकाडो रु ७०० देखि रु ८०० प्रतिकिलोमा कारोबार भइरहेको छ। अमला रु २८० देखि रु ३००, काँचो नरिवल रु ६० देखि रु ८० र हरियो नरिवल रु १५० देखि रु १७० प्रतिकिलो रहेको छ।
अदुवा रु २०० देखि रु २३०, सुकेको खुर्सानी रु ४५० देखि रु ५००, लाम्चो हरियो खुर्सानी रु ५० देखि रु ६०, बुलेट हरियो खुर्सानी रु ४० देखि रु ५०, माछे हरियो खुर्सानी रु ६० देखि रु ७० तथा अकबरे हरियो खुर्सानी रु १५० देखि रु २०० प्रतिकिलो रहेको छ। भेडे खुर्सानी रु ६० देखि रु ८० प्रतिकिलोमा बिक्री भइरहेको छ।
हरियो लसुन रु १०० देखि रु १५०, हरियो धनिया रु २०० देखि रु २५०, सुकेको चिनियाँ लसुन रु २०० देखि रु २४०, सुकेको नेपाली लसुन रु १८० देखि रु २०० तथा सुकेको छ्यापी रु १८० देखि रु २०० प्रतिकिलो रहेको समितिले जनाएको छ।
माछातर्फ सुकेको माछाको थोक मूल्य रु ८०० देखि रु १ हजार प्रतिकिलो रहेको छ। ताजा रहु माछा रु ३२० देखि रु ३४०, बचुवा माछा रु २८० देखि रु ३०० तथा छडी माछा रु २८० देखि रु ३०० प्रतिकिलोमा कारोबार भइरहेको छ।
