कालीमाटी बजार: आज कुन तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् विवरण

काठमाडौँ, ११ साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ४० र अधिकतम ६० रुपैयाँ रहेको छ । यस्तै, टनेलको सानो गोलभेडा न्यूनतम २२ देखि अधिकतम ३२ रुपैयाँसम्ममा कारोबार भइरहेको छ । आलुको हकमा रातो लाम्चो आलु न्यूनतम ४८ देखि अधिकतम ५०, रातो गोलो आलु ४८ देखि ५३ र मुडेको रातो आलु पनि ४८ देखि ५३ रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी भारतीय रातो आलु ३३ देखि ३५ र सेतो आलु ३० देखि ३५ रुपैयाँका दरले उपलब्ध छ ।

यसैगरी, भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ५४ देखि अधिकतम ५७ रुपैयाँ तोकिएको छ । लोकल गाजर प्रतिकेजी ११० देखि १२० र तराईको गाजर ८० देखि ९० रुपैयाँमा पाइन्छ । यस्तै, लोकल बन्दा २० देखि ३० र स्थानीय काउली न्यूनतम ९० देखि ११० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।

समितिका अनुसार लोकल काँक्रो ५० देखि ७०, हाइब्रिड काँक्रो २० देखि २५ र लोकलक्रस काँक्रो ४० देखि ५० रुपैयाँ छ । रातो मूला ३० देखि ४० र हाइब्रिड सेतो मूला २० देखि ३० रुपैयाँका दरले बिक्री भइरहेको छ । त्यसैगरी, लाम्चो भन्टा ५० देखि ६० र डल्लो भन्टा ६० देखि ७० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, तने बोडी ८० देखि ९० र मकै बोडी ७० देखि ९० रुपैयाँ छ । लोकल र हाइब्रिड घिउ सिमी दुवै प्रतिकेजी ११० देखि १३० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी टाटे सिमी १०० देखि १२० र भटमासकोशा ८० देखि १०० रुपैयाँ पुगेको छ । तितो करेला, लौका, लोकल परवर र तराईको परवर सबैको मूल्य समान ५० देखि ६० रुपैयाँ रहेको छ ।

यसैगरी चिचिण्डो ३० देखि ४०, घिरौला ५० देखि ७०, झिगूनी ७० देखि ८० र पाकेको फर्सी ५० देखि ६० रुपैयाँमा पाइन्छ । हरियो डल्लो फर्सी ६० देखि ७०, भिण्डी ७० देखि ८०, सखरखण्ड १०० देखि १२०, पिंडालू ९० देखि १०० र स्कूस ६० देखि ७० रुपैयाँ छ । समितिका अनुसार कुरीलो ४०० देखि ५००, न्यूरो ९० देखि १०० र ब्रोकाउली १०० देखि १२० रुपैयाँमा उपलब्ध छ ।

सागसब्जी तर्फ रायो साग २०० देखि २५०, पालुंगो साग २५० देखि ३००, तोरीको साग १०० देखि १५० र हरियो प्याज १०० देखि २०० रुपैयाँ पुगेको छ । यस्तै जिरीको साग १५० देखि २००, सेलरी १८० देखि २००, पार्सले ४०० देखि ५००, सौफको साग १५० देखि २०० र पुदीना ३०० देखि ४०० रुपैयाँमा बिक्री भइरहेको छ । च्याउ तर्फ कन्य च्याउ २३० देखि २८०, डल्ले च्याउ ४५० देखि ५००, राजा च्याउ ३०० देखि ३२० र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पर्छ ।

फलफूल तर्फ फूजी स्याउ २८० देखि ३००, नेपाली केरा प्रतिदर्जन २०० देखि ३०० र मालभोग केरा १८० देखि २०० रुपैयाँ छ । कागती १६० देखि २००, अनार ४५० देखि ५००, मालदह र दसहरी आँप दुवै १८० देखि २०० रुपैयाँ छ । यस्तै, हरियो तरबुजा ६० देखि ७०, जुनार २७० देखि ३०० र भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ तोकिएको छ । रुख कटहर ४० देखि ५०, लोकल नासपाती ७० देखि ८० र नेपाली मेवा ८० देखि ९० रुपैयाँमा पाइन्छ भने भारतीय मेवा १०० देखि १२० रुपैयाँ छ । आभोकाडो ७०० देखि ८०० र अमला २४० देखि २८० रुपैयाँ पुगेको छ ।

समितिका अनुसार अदुवा २०० देखि २३०, सुकेको खुर्सानी ४५० देखि ५०० र हरियो लाम्चो खुर्सानी ६० देखि ७० रुपैयाँ छ । बुलेट र माछे खुर्सानी दुवै ५० देखि ७० को हाराहारीमा हुँदा अकबरे खुर्सानी १५० देखि २५० रुपैयाँ छ । भेडे खुर्सानी ६० देखि ७०, हरियो लसुन १५० देखि २०० र हरियो धनियाँ ३०० देखि ३५० रुपैयाँ रहेको छ । सुकेको चाइनिज लसुन २०० देखि २४० र नेपाली लसुन १८० देखि २०० रुपैयाँ छ । यस्तै तामा र तोफु दुवै १४० देखि १६० र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्त्यमा, माछा तर्फ सुकेको माछा ८०० देखि १०००, रहु माछा ३२० देखि ३४० र बचुवा तथा छडी माछा २८० देखि ३०० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ । काँचो नरिवल ६० देखि ८० र हरियो नरिवल १५० देखि १७० रुपैयाँमा उपलब्ध छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?