आज माछा, फलफूल र तरकारीको बजार भाउ कति ? (पूर्ण विवरणसहित)
काठमाडौँ, १३ साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज गोलभेडा सानो (लोकल) को न्यूनतम मूल्य १५ र अधिकतम २० रुपैयाँ तोकिएको छ भने गोलभेडा सानो (टनेल) को न्यूनतम २१ र अधिकतम ३० रुपैयाँ रहेको छ । आलु रातो (लाम्चो) को मूल्य ४८ देखि ५२ रुपैयाँ, रातो आलु (गोलो) को ४८ देखि ५३ रुपैयाँ र आलु रातो (मुडे) को ४८ देखि ५४ रुपैयाँ कायम गरिएको छ । भारतीय रातो आलु ३३ देखि ३७ रुपैयाँ र सेतो आलु ३० देखि ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, सुकेको भारतीय प्याजको मूल्य ५४ देखि ५७ रुपैयाँ, लोकल गाजरको ९० देखि ११० रुपैयाँ र तराईको गाजरको ७० देखि ८० रुपैयाँ तोकिएको छ । लोकल बन्दा २० देखि ३० रुपैयाँ र स्थानीय काउली ९० देखि ११० रुपैयाँमा बिक्री भइरहेको छ । लोकल काक्रो ५० देखि ६० रुपैयाँ, हाइब्रीड काक्रो २० देखि २५ रुपैयाँ र लोकलक्रस काक्रो ५० देखि ६० रुपैयाँमा उपलब्ध छ । रातो मूलाको मूल्य २० देखि ३० रुपैयाँ रहँदा हाइब्रीड सेतो मूला १५ देखि २० रुपैयाँमा पाइन्छ ।
समितिका अनुसार लाम्चो भन्टा ५० देखि ६० रुपैयाँ र डल्लो भन्टा ६० देखि ७० रुपैयाँ तोकिएको छ । तने बोडी ८० देखि ९० रुपैयाँ, मकै बोडी ९० देखि १०० रुपैयाँ, लोकल र हाइब्रीड घिउ सिमी १३० देखि १५० रुपैयाँ, राजमा सिमी १५० देखि १६० रुपैयाँ, टाटे सिमी ९० देखि १०० रुपैयाँ र भटमासकोशा ८० देखि १०० रुपैयाँमा बिक्री भइरहेको छ । तितो करेला ५० देखि ७० रुपैयाँ, लौका ६० देखि ७० रुपैयाँ, लोकल र तराईको परवर ६० देखि ७० रुपैयाँ, चिचिण्डो २५ देखि ३५ रुपैयाँ र घिरौला ५० देखि ७० रुपैयाँ कायम छ ।
यस्तै, झिगूनी ७० देखि ८० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, डल्लो हरियो फर्सी ८० देखि ९० रुपैयाँ, भिण्डी ५० देखि ६० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूस ६० देखि ७० रुपैयाँमा पाइन्छ । सागसब्जीतर्फ रायो, पालूगो, प्याज र जिरीको सागको मूल्य १५० देखि २०० रुपैयाँ, तोरीको साग १०० देखि १५० रुपैयाँ र सौफको साग १५० देखि २०० रुपैयाँ तोकिएको छ ।
च्याउतर्फ कन्य च्याउ २५० देखि २८० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ कायम छ । कुरीलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १लेज देखि १३० रुपैयाँ, चुकुन्दर ६० देखि ७० रुपैयाँ र सजिवन २५० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ । रातो बन्दा ३० देखि ४० रुपैयाँ, सेलरी १८० देखि २०० रुपैयाँ, पार्सले ४०० देखि ५०० रुपैयाँ, पुदीना ३०० देखि ४०० रुपैयाँ, गान्टे मूला १५० देखि २०० रुपैयाँ, इमली १४० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा पाइन्छ ।
फलफूलतर्फ फूजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा २०० देखि ३०० रुपैयाँ (दर्जन), मालभोग केरा १८० देखि २०० रुपैयाँ (दर्जन), कागती १६० देखि २०० रुपैयाँ र अनार ४५० देखि ५०० रुपैयाँ तोकिएको छ ।मालदह र दसहरी आँप १८० देखि २०० रुपैयाँ, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, जुनार २७० देखि ३०० रुपैयाँ, भुई कटहर १८० देखि २०० रुपैयाँ (प्रति गोटा) र रुख कटहर ४० देखि ६० रुपैयाँमा पाइन्छ । लोकल नासपाती र नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा १०० देखि १२० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, आभोकाडो ७०० देखि ८०० रुपैयाँ, अमला २४० देखि २८० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ३५० देखि ४०० रुपैयाँ कायम छ ।
यस्तै, अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ४५० देखि ५०० रुपैयाँ, हरियो खुर्सानी (लाम्चो र बुलेट) ९० देखि १०० रुपैयाँ, माछे खुर्सानी ६० देखि ७० रुपैयाँ र अकबरे खुर्सानी १५० देखि २५० रुपैयाँ तोकिएको छ ।भेडे खुर्सानी ९० देखि १०० रुपैयाँ, हरियो लसुन १२० देखि १५० रुपैयाँ, हरियो धनिया ३५० देखि ४०० रुपैयाँ, चाइनिज सुकेको लसुन २०० देखि २४० रुपैयाँ, नेपाली सुकेको लसुन र छ्यापी १८० देखि २०० रुपैयाँमा पाइन्छ ।
माछातर्फ सुकेको माछा १०० देखि ८०० रुपैयाँ, रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा र छडी माछा २८० देखि ३०० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
