आजको तरकारी बजार: के सस्तियो, के महँगियो ? (पूर्ण सूचीसहित)

काठमाडौँ, १८ साउन ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय ठूलो गोलभेडाको प्रतिकिलो न्यूनतम ६० र अधिकतम ७० रुपैयाँ तोकिएको छ । यस्तै, टनेलको सानो गोलभेडा न्यूनतम १५ र अधिकतम २५ रुपैयाँमा कारोबार भइरहेको छ । आलुको हकमा रातो आलु (लाम्चो, गोलो र मुडे) को न्यूनतम ४८ र अधिकतम ५१ देखि ५२ रुपैयाँसम्म रहेको छ भने भारतीय रातो आलु न्यूनतम ३५ र अधिकतम ३७ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी, सेतो आलुको मूल्य न्यूनतम ३० देखि अधिकतम ३५ रुपैयाँका बीचमा छ ।

यसैगरी, भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ५४ देखि अधिकतम ५७ रुपैयाँसम्म तोकिएको छ । गाजरतर्फ लोकल गाजर प्रतिकिलो १०० देखि १२० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँमा पाइनेछ । यस्तै, लोकल बन्दाको मूल्य २५ देखि ३५ रुपैयाँ छ भने स्थानीय काउलीको ९० देखि १०० रुपैयाँ पुगेको छ । काँक्रोको हकमा लोकल ३५ देखि ४५ रुपैयाँ, हाइब्रीड १० देखि १५ रुपैयाँ र लोकलक्रस २५ देखि ३५ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, रातो मूला २० देखि ३० रुपैयाँ तथा सेतो मूला (लोकल र हाइब्रीड) १० देखि १५ रुपैयाँमा उपलब्ध हुनेछ । भन्टा लाम्चो ३० देखि ४० र डल्लो ४० देखि ५० रुपैयाँ तोकिएको छ । तने बोडी ५० देखि ६५ रुपैयाँ र मकै बोडी ७० देखि ८० रुपैयाँमा कारोबार भइरहेको छ । घिउ सिमी (लोकल र हाइब्रीड) ९० देखि १०० रुपैयाँ, टाटे सिमी ९० देखि १०० रुपैयाँ र भटमास कोशा ८० देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ । तितो करेला, लौका र परवर (लोकल र तराई) को मूल्य समान ४० देखि ५० रुपैयाँका बीचमा रहेको छ ।

यस्तै, चिचिण्डो २० देखि ३० रुपैयाँ, घिरौला ३० देखि ४० रुपैयाँ, झिगूनी ५० देखि ६० रुपैयाँ र फर्सी (पाकेको र हरियो डल्लो) को मूल्य ५० देखि ६० रुपैयाँ तोकिएको छ । भिण्डी ४० देखि ५० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ र पिंडालू ९० देखि १०० रुपैयाँ कायम छ । स्कूस ४० देखि ५० रुपैयाँमा पाइन्छ । सागसब्जीतर्फ रायोको साग १५० देखि २०० रुपैयाँ, पालूगो साग २५० देखि ३०० रुपैयाँ, तोरीको साग १०० देखि १५० रुपैयाँ र हरियो प्याज १५० देखि २०० रुपैयाँमा उपलब्ध छ ।

समितिका अनुसार कन्य च्याउ २४० देखि २८० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म तोकिएको छ । यस्तै, कुरीलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १०० देखि १२० रुपैयाँ र चुकन्दर ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ । सजिवन २५० देखि ३०० रुपैयाँ र रातो बन्दा ३० देखि ४० रुपैयाँमा उपलब्ध छ ।

यसैगरी, जिरीको साग १५० देखि २०० रुपैयाँ, सेलरी १८० देखि २०० रुपैयाँ, पार्सले ४०० देखि ५०० रुपैयाँ, सौफको साग १५० देखि २०० रुपैयाँ, पुदीना ४०० देखि ५०० रुपैयाँ र गान्टे मूला १५० देखि २०० रुपैयाँ कायम गरिएको छ । यस्तै, इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको छ ।

फलफूलतर्फ, फूजी स्याउ २८० देखि ३०० रुपैयाँ प्रतिकिलो तोकिएको छ । केराको हकमा नेपाली केरा २५० देखि ३०० रुपैयाँ (प्रतिदर्जन) र मालभोग केरा १८० देखि २०० रुपैयाँ (प्रतिदर्जन) कायम छ । कागती १६० देखि १८० रुपैयाँ, अनार ४५० देखि ५०० रुपैयाँ, मालदह आँप २०० देखि २२० रुपैयाँ र चोसा आँप १८० देखि २०० रुपैयाँमा पाइन्छ । त्यसैगरी, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, जुनार २७० देखि ३०० रुपैयाँ र भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ तोकिएको छ ।

यस्तै, रुख कटहर ४० देखि ५० रुपैयाँ, लोकल नासपाती ६० देखि ८० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० र भारतीय मेवा १०० देखि १२० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, आभोकाडो ४०० देखि ५०० रुपैयाँ, अमला २४० देखि २६० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँ कायम गरिएको छ । नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँमा बिक्री भइरहेको छ ।

अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ र हरियो खुर्सानी (लाम्चो र बुलेट) ९० देखि १०० रुपैयाँ तोकिएको छ । यस्तै, माछे खुर्सानी ६० देखि ७० रुपैयाँ र अकबरे खुर्सानी १५० देखि २०० रुपैयाँ छ । भेडे खुर्सानी ८० देखि १०० रुपैयाँ, हरियो लसुन १०० देखि १५० रुपैयाँ र हरियो धनिया ७० देखि ३०० रुपैयाँ कायम छ । चिनियाँ सुकेको लसुन २०० देखि २४० रुपैयाँ, नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ र सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ तोकिएको छ ।

माछाको हकमा सुकेको माछा ८०० देखि १००० रुपैयाँ, रहु ताजा माछा ३२० देखि ३४० रुपैयाँ र बचुवा तथा छडी माछा २८० देखि ३०० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?