कालिमाटीमा आज कुन तरकारी कतिमा पाइन्छ ? माछा र फलफूलसहितको ताजा रेट यहाँ हेर्नुहोस्
काठमाडौँ, ३१ साउन ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ। आज सार्वजनिक मूल्यसूची अनुसार पार्सले सबैभन्दा महँगो वस्तु बनेको छ, जसको अधिकतम मूल्य प्रतिकेजी १,५०० रुपैयाँ पुगेको छ।
समितिले सार्वजनिक गरेको सूची अनुसार भारतीय ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ र अधिकतम ८० रुपैयाँ तोकिएको छ। यस्तै, स्थानीय सानो गोलभेडा न्यूनतम ३० देखि अधिकतम ४० रुपैयाँ र टनेलको सानो गोलभेडा ४२ देखि ५७ रुपैयाँसम्ममा कारोबार भइरहेको छ। रातो आलु (लाम्चो, गोलो र मुडे) को न्यूनतम मूल्य ४८ रुपैयाँ छ भने अधिकतम मूल्य ५१ देखि ५३ रुपैयाँसम्म रहेको छ। भारतीय रातो आलु ३७ देखि ४० रुपैयाँ र सेतो आलु ३३ देखि ३७ रुपैयाँमा पाइन्छ।
त्यसैगरी, भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ६० देखि अधिकतम ६५ रुपैयाँ कायम गरिएको छ। स्थानीय गाजर १०० देखि १२० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँ पुगेको छ। स्थानीय बन्दा ३५ देखि ४५ रुपैयाँ र स्थानीय काउली ९० देखि १०० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।
यसैगरी, स्थानीय काँक्रो र लोकलक्रस काँक्रोको मूल्य ४० देखि ५० रुपैयाँ छ भने हाइब्रिड काँक्रो १० देखि १५ रुपैयाँमा पाइन्छ। रातो र सेतो हाइब्रिड मूलाको मूल्य २० देखि ३० रुपैयाँ तोकिएको छ। भन्टा लाम्चो ३०-४० र डल्लो ४०-५० रुपैयाँमा कारोबार हुँदा तने बोडी ७०-९० र मकै बोडी ९०-१०० रुपैयाँ पुगेको छ। घिउ सिमी र टाटे सिमीको मूल्य ७० देखि ९० रुपैयाँको बीचमा छ। तितो करेला ४०-५०, लौका ५०-६०, परवर ५०-६०, चिचिण्डो २०-३०, र घिरौला २०-३० रुपैयाँ प्रतिकेजी छ। झिगूनी, पाकेको फर्सी र स्कूसको मूल्य ५० देखि ६० रुपैयाँको हाराहारीमा छ। हरियो डल्लो फर्सी ४०-६०, भिण्डी ४०-६० र पिंडालू ९०-१०० रुपैयाँ पुगेको छ।
सागपाततर्फ रायोको साग ८०-१३०, पालुंगो २००-२५०, तोरीको साग ८०-१०० र हरियो प्याज १५०-२०० रुपैयाँमा बिक्री भइरहेको छ। च्याउमा कन्य च्याउ २४०-२८०, डल्ले च्याउ ३५०-४५०, राजा च्याउ ३००-३३० र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ सम्म पुगेको छ। कुरिलो ४००-५००, न्यूरो ९०-१०० र ब्रोकाउली १४०-१६० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चुकुन्दर ६०-७०, सजिवन २५०-३०० र रातो बन्दा ३०-४० रुपैयाँ छ। जिरीको साग ४००-५००, सेलरी २००-२५० र सौफको साग १००-१५० रुपैयाँ तोकिएको छ। बजारमा सबैभन्दा महँगो पार्सले १४०० देखि १५०० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। पुदीना ४००-५०० र गान्ते मूला १००-१५० रुपैयाँ छ। इमली १६०-१८०, तामा र तोफु १४०-१६० र गुन्दुक ३००-३५० रुपैयाँ रहेको छ।
फलफूलतर्फ फूजी स्याउ २८०-३०० रुपैयाँ छ। नेपाली केरा प्रतिदर्जन २५०-३०० र मालभोग केरा १८०-२०० रुपैयाँ छ। कागती २००-२५० र अनार ३००-३५० रुपैयाँमा कारोबार भइरहेको छ। मालदह आँप २५०-२८० र चोसा आँप २३०-२५० रुपैयाँ छ। हरियो तरबुजा ५०-६०, जुनार २७०-३०० र भुईँ कटहर प्रतिगोटा १८०-२०० रुपैयाँ छ। रुख कटहर ५०-६०, स्थानीय नासपाती ८०-९० र चाइनिज नासपाती १५०-२०० रुपैयाँ छ। मेवा नेपाली ८०-९० र भारतीय १००-१२० रुपैयाँ छ। लप्सी ५०-६०, आभोकाडो ४००-५००, अमला २४०-२८० र काँचो नरिवल ६०-८० रुपैयाँ (हरियो १५०-१७०) मा बिक्री भइरहेको छ। नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँमा उपलब्ध छ।
त्यसैगरी, अदुवा २००-२३०, सुकेको खुर्सानी ५००-५५० र हरियो लाम्चो खुर्सानी ६०-७० रुपैयाँ छ। हरियो बुलेट खुर्सानी ५०-७०, माछे खुर्सानी ४०-६० र अकबरे खुर्सानी २००-३०० रुपैयाँ छ। भेडे खुर्सानी ४०-५०, हरियो लसुन १५०-२०० र हरियो धनियाँ २५०-३५० रुपैयाँ छ। सुकेको चाइनिज लसुन २००-२४०, नेपाली लसुन १८०-२०० र छ्यापी १८०-२०० रुपैयाँ तोकिएको छ।
माछातर्फ सुकेको माछा ८००-१०००, ताजा माछा (रहु) ३३०-३७०, र बचुवा तथा छडी माछा ३०० देखि ३३० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
