कालिमाटीमा आज कुन तरकारीको मूल्य कति ? (सूचीसहित)
काठमाडौँ, १७ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।
समितिका अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ७० र अधिकतम ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेडा पनि सोही मूल्यमा कारोबार भइरहेको छ। यस्तै, टनेलको सानो गोलभेडाको न्यूनतम मूल्य ३० र अधिकतम ४५ रुपैयाँ पर्दा भारतीय सानो गोलभेडाको मूल्य २८ देखि ३५ रुपैयाँसम्म रहेको छ।
आलुतर्फ, रातो लाम्चो आलु ४८ देखि ५१ रुपैयाँ, गोलो रातो आलु ४८ देखि ५३ रुपैयाँ र मुडेको रातो आलु पनि ४८ देखि ५३ रुपैयाँमै उपलब्ध छ। भारतीय रातो आलु ३८ देखि ४० रुपैयाँ र सेतो आलु ३५ देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ। त्यसैगरी, भारतीय सुकेको प्याजको न्यूनतम मूल्य ९३ र अधिकतम ९८ रुपैयाँ कायम गरिएको छ।
स्थानीय गाजर प्रतिकेजी ८० देखि १०० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँमा पाइन्छ। स्थानीय बन्दा २५ देखि ३० रुपैयाँ, स्थानीय काउली ९० देखि १०० रुपैयाँ र स्थानीय काँक्रो ४० देखि ६० रुपैयाँमा उपलब्ध छ। हाइब्रिड काँक्रोको मूल्य भने निकै कम अर्थात् १० देखि २० रुपैयाँ मात्र तोकिएको छ। यस्तै, लोकलक्रस काँक्रो ४० देखि ६० रुपैयाँ, रातो मूला २० देखि ३० रुपैयाँ र हाइब्रिड सेतो मूला २५ देखि ३५ रुपैयाँमा पाइनेछ।
समितिका अनुसार लाम्चो भन्टा १० देखि २५ रुपैयाँ, डल्लो भन्टा ३० देखि ४० रुपैयाँ, तने बोडी ४० देखि ६० रुपैयाँ र मकै बोडी ९० देखि १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, स्थानीय र हाइब्रिड घिउ सिमी दुवै ७० देखि ८० रुपैयाँ, टाटे सिमी ७० देखि ८० रुपैयाँ, भटमास कोशा १२० देखि १४० रुपैयाँ, तीतो करेला ३० देखि ५० रुपैयाँ र लौका ४० देखि ५० रुपैयाँमा उपलब्ध छन्।
स्थानीय परवर ६० देखि ७० रुपैयाँ, चिचिण्डो १५ देखि ३० रुपैयाँ, घिरौँला १० देखि २० रुपैयाँ र झिगूनी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो डल्लो फर्सी ३० देखि ४० रुपैयाँ, भिण्डी ३० देखि ४० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिँडालु ६० देखि ७० रुपैयाँ र स्कूस १५ देखि ३० रुपैयाँ तोकिएको छ।
सागसब्जी अन्तर्गत रायोको साग ४० देखि ६० रुपैयाँ, पालुङ्गो साग १०० देखि १५० रुपैयाँ, तोरीको साग ८० देखि १०० रुपैयाँ र हरियो प्याज १०० देखि १५० रुपैयाँमा पाइन्छ।
यसैगरी, कन्य च्याउ २०० देखि २४० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ। कुरिलो ४०० देखि ५०० रुपैयाँ, निउरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १०० देखि १२० रुपैयाँ, चुकन्दर ६० देखि ७० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ र रातो बन्दा ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ।
जिरीको साग र सेलरीको मूल्य ४०० देखि ५०० रुपैयाँसम्म रहेको छ भने पार्सले प्रतिकेजी १६०० देखि १८०० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ। यस्तै सौफको साग १०० देखि १५० रुपैयाँ, पुदिना ६०० देखि ७०० रुपैयाँ र गान्टे मूला १०० देखि १५० रुपैयाँ तोकिएको छ। आज इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु दुवै १४० देखि १६० रुपैयाँ, गुन्द्रुक ३०० देखि ३५० रुपैयाँ र रुख टमाटर २५० देखि ३०० रुपैयाँमा उपलब्ध छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकेजी ३५० देखि ४०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० देखि ३०० रुपैयाँ र मालभोग केरा १८० देखि २०० रुपैयाँमा पाइन्छ। कागती ३५० देखि ४०० रुपैयाँ, अनार २५० देखि ३०० रुपैयाँ, हरियो तरबुजा ५० देखि ६० रुपैयाँ र जुनार १५० देखि २०० रुपैयाँ तोकिएको छ।
त्यसैगरी भुईँकटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ, रुख कटहर ४० देखि ५० रुपैयाँ, स्थानीय नासपाती ८० देखि १०० रुपैयाँ र चिनियाँ नासपाती २०० देखि २५० रुपैयाँमा उपलब्ध छ। मेवाको मूल्य नेपाली ७० देखि ८० र भारतीय ९० देखि १०० रुपैयाँ रहेको छ।
लप्सी ५० देखि ६० रुपैयाँ, किवि ३५० देखि ४०० रुपैयाँ, एभोकाडो २०० देखि २५० रुपैयाँ, अमला १५० देखि २०० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
अदुवा प्रतिकेजी २०० देखि २५० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, र हरियो लाम्चो एवं बुलेट खुर्सानी ६० देखि ७० रुपैयाँमा पाइन्छ। माछे खुर्सानी ४० देखि ५० रुपैयाँ, अकबरे खुर्सानी २०० देखि ३०० रुपैयाँ, भेँडे खुर्सानी ४० देखि ५० रुपैयाँ र हरियो लसुन १०० देखि १५० रुपैयाँ तोकिएको छ।
यस्तै हरियो धनियाँ ८० देखि १०० रुपैयाँ, चिनियाँ सुकेको लसुन २०० देखि २२० रुपैयाँ, नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ, र छ्यापी (सुकेको र हरियो दुवै) १८० देखि २०० रुपैयाँमा उपलब्ध छ।
माछाको मूल्य हेर्दा सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
