कालिमाटी बजार: आज कुन तरकारी र फलफूलको मूल्य कति ? (पूर्ण विवरणसहित)
काठमाडौँ, १८ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज गोलभेडा सानो (टनेल) को न्यूनतम मूल्य प्रतिकिलो २८ रुपैयाँ र अधिकतम ४० रुपैयाँ तोकिएको छ । यस्तै, आलु रातो (लाम्चो) को न्यूनतम ४८ र अधिकतम ५१ रुपैयाँ, रातो आलु (गोलो) को ४८ देखि ५३ रुपैयाँ, मुडेको रातो आलुको ४८ देखि ५३ रुपैयाँ र भारतीय रातो आलुको ४० देखि ४५ रुपैयाँ मूल्य कायम गरिएको छ । त्यसैगरी, सेतो आलुको न्यूनतम ३५ र अधिकतम ४० रुपैयाँ तथा भारतीय सुकेको प्याजको न्यूनतम ९३ र अधिकतम ९८ रुपैयाँ रहेको छ ।
यसैगरी, लोकल गाजर ८० देखि १०० रुपैयाँ, तराईको गाजर ७० देखि ८० रुपैयाँ, लोकल बन्दा २५ देखि ३५ रुपैयाँ र स्थानीय काउली ९० देखि १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, लोकल काँक्रो ४० देखि ५० रुपैयाँ, हाइब्रीड काँक्रो १० देखि १५ रुपैयाँ र लोकलक्रस काँक्रो ३० देखि ५० रुपैयाँमा पाइन्छ । त्यसैगरी, रातो मूला २० देखि ३० रुपैयाँ र हाइब्रीड सेतो मूलाको मूल्य २५ देखि ३५ रुपैयाँ तोकिएको छ ।
लाम्चो भन्टा १० देखि २० रुपैयाँ, डल्लो भन्टा ३० देखि ४० रुपैयाँ, तने बोडी ४० देखि ६० रुपैयाँ, मकै बोडी ८० देखि ९० रुपैयाँ र लोकल तथा हाइब्रीड घिउ सिमी ८० देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, टाटे सिमी ५० देखि ६० रुपैयाँ, भटमासकोशा १२० देखि १४० रुपैयाँ, तितो करेला ३० देखि ४० रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ र लोकल तथा तराईको परवर ६० देखि ७० रुपैयाँमा उपलब्ध छ । त्यसैगरी, चिचिण्डो १० देखि २० रुपैयाँ, घिरौला १० देखि २५ रुपैयाँ, झिगूनी ५० देखि ६० रुपैयाँ र पाकेको फर्सी ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, डल्लो हरियो फर्सी ३० देखि ४० रुपैयाँ, भिण्डी ३० देखि ४० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ६० देखि ७० रुपैयाँ, स्कूस १५ देखि २० रुपैयाँ र रायो साग ४० देखि ६० रुपैयाँमा उपलब्ध छ । पालूगो साग १०० देखि १५० रुपैयाँ, तोरीको साग ८० देखि १०० रुपैयाँ र हरियो प्याज १०० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ । च्याउतर्फ कन्य च्याउ २०० देखि २५० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी, कुरीलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १२० देखि १४० रुपैयाँ, चुकुन्दर ६० देखि ७० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ, रातो बन्दा ५० देखि ६० रुपैयाँ र जिरीको साग २०० देखि ३०० रुपैयाँमा पाइन्छ । यस्तै, सेलरी ४०० देखि ५०० रुपैयाँ, पार्सले १६०० देखि १८०० रुपैयाँ, सौफको साग १०० देखि १५० रुपैयाँ, पुदीना ६०० देखि ७०० रुपैयाँ र गान्टे मूला १०० देखि १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ, गुन्दुक ३०० देखि ३५० रुपैयाँ र रुख टमाटर २०० देखि २५० रुपैयाँमा उपलब्ध छ ।
फलफूलतर्फ फूजी स्याउ ३५० देखि ४०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० देखि ३०० रुपैयाँ, मालभोग केरा १८० देखि २०० रुपैयाँ, कागती ३५० देखि ४०० रुपैयाँ र अनार २५० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, हरियो तरबुजा ५० देखि ६० रुपैयाँ, जुनार १५० देखि २०० रुपैयाँ र भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँमा पाइन्छ । रुख कटहर ४० देखि ५० रुपैयाँ, लोकल नासपाती ९० देखि १०० रुपैयाँ, चाइनिज नासपाती २०० देखि २५० रुपैयाँ, नेपाली मेवा ७० देखि ८० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ र किवि ३५० देखि ४०० रुपैयाँमा उपलब्ध छ ।
यसैगरी शरीफा २५० देखि ३०० रुपैयाँ, आभोकाडो २०० देखि २५० रुपैयाँ, अमला १५० देखि २०० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, अदुवा २०० देखि २५० रुपैयाँ, सुकेको खु्र्सानी ५०० देखि ५५० रुपैयाँ, हरियो लाम्चो र बुलेट खुर्सानी ६० देखि ७० रुपैयाँ तथा माछे खुर्सानी ४० देखि ५० रुपैयाँ रहेको छ । अकबरे खुर्सानी २०० देखि ३०० रुपैयाँ, भेडे खु्र्सानी ४० देखि ५० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ र हरियो धनिया १०० देखि २०० रुपैयाँमा उपलब्ध छ । चाइनिज सुकेको लसुन २०० देखि २२० रुपैयाँ, नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ तथा हरियो र सुकेको छ्यापी १८० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
माछा तर्फ सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३४० रुपैयाँ र छडी माछाको मूल्य ३२० देखि ३५० रुपैयाँ तोकिएको छ ।
