हेर्नुहोस् आजको फलफूल, तरकारी तथा माछाको पूर्ण मूल्यसूची

काठमाडौँ, १९ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज बजारमा तरकारी, फलफूल र माछाको मूल्यमा केही फेरबदल देखिएको छ ।

समितिका अनुसार आज नेपाली र भारतीय ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ र अधिकतम ७० रुपैयाँ तोकिएको छ । यस्तै, लोकल सानो गोलभेडा न्यूनतम २५ देखि ३० रुपैयाँ र टनेलको सानो गोलभेडा ३३ देखि ४५ रुपैयाँसम्म पाइनेछ । आलुतर्फ रातो लाम्चो आलु ४८ देखि ५१ रुपैयाँ, रातो गोलो र मुडे आलु ४८ देखि ५३ रुपैयाँ, भारतीय रातो आलु ४० देखि ४५ रुपैयाँ र सेतो आलु ३५ देखि ४० रुपैयाँमा कारोबार भइरहेको छ । भारतीय सुकेको प्याजको मूल्य भने ९३ देखि ९८ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, गाजर लोकल ८० देखि १०० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँमा उपलब्ध छ । लोकल बन्दा २५ देखि ३५ रुपैयाँ, स्थानीय काउली ९० देखि १०० रुपैयाँ, र काक्रो लोकल ३० देखि ५० रुपैयाँ, हाइब्रिड १० देखि २० रुपैयाँ तथा लोकलक्रस ३० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ । रातो मूला २० देखि ३० रुपैयाँ र हाइब्रिड सेतो मूला २५ देखि ३५ रुपैयाँमा पाइने समितिले जनाएको छ ।

त्यसैगरी, भन्टा लाम्चो १५ देखि ३० रुपैयाँ, डल्लो भन्टा ३० देखि ४० रुपैयाँ, तने बोडी ५० देखि ६० रुपैयाँ र मकै बोडी ८० देखि ९० रुपैयाँमा कारोबार भइरहेको छ । घिउ सिमी (लोकल र हाइब्रिड) ८० देखि ९० रुपैयाँ, टाटे सिमी ५० देखि ६० रुपैयाँ, र भटमासकोशा १२० देखि १४० रुपैयाँ तोकिएको छ । तितो करेला ३० देखि ४० रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ, परवर ७० देखि ८० रुपैयाँ, चिचिण्डो १० देखि ३० रुपैयाँ, घिरौला १० देखि २५ रुपैयाँ र झिगूनी ५० देखि ६० रुपैयाँमा उपलब्ध छ ।

यस्तै, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो डल्लो फर्सी ३० देखि ४० रुपैयाँ, भिण्डी ४० देखि ५० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ६० देखि ७० रुपैयाँ र स्कूस २० देखि ३० रुपैयाँमा पाइन्छ । सागसब्जीमा रायो साग ४० देखि ६० रुपैयाँ, पालुंगो १०० देखि १५० रुपैयाँ, तोरीको साग ८० देखि १०० रुपैयाँ र हरियो प्याज १०० देखि १५० रुपैयाँ रहेको छ ।

च्याउतर्फ कन्य च्याउ २०० देखि २५० रुपैयाँ, डल्ले च्याउ ५५० देखि ६०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ । यस्तै कुरिलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १२० देखि १४० रुपैयाँ, चुकुन्दर ६० देखि ७० रुपैयाँ र सजिवन २०० देखि २५० रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यसैगरी, रातो बन्दा ५० देखि ६० रुपैयाँ, जिरीको साग २०० देखि ३०० रुपैयाँ, सेलरी ४०० देखि ५०० रुपैयाँ, पार्सले १६०० देखि १८०० रुपैयाँ, सौफको साग १०० देखि १५० रुपैयाँ, पुदीना ६०० देखि ७०० रुपैयाँ र गान्टे मूला १०० देखि १५० रुपैयाँ तोकिएको छ । इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ, गुन्दुक ३०० देखि ३५० रुपैयाँ र रुख टमाटर २०० देखि २५० रुपैयाँमा पाइन्छ ।

फलफूलतर्फ फूजी स्याउ ३५० देखि ४०० रुपैयाँ, मुस्ताङको स्याउ १३५ देखि १६० रुपैयाँ, नेपाली केरा २५० देखि ३०० रुपैयाँ (प्रति दर्जन) र मालभोग केरा १८० देखि २०० रुपैयाँमा पाइन्छ । कागती ३५० देखि ४०० रुपैयाँ, अनार २५० देखि ३०० रुपैयाँ, हरियो तरबुजा ५० देखि ६० रुपैयाँ र जुनार १५० देखि २०० रुपैयाँ तोकिएको छ ।

यस्तै, भुई कटहर प्रति गोटा १८० देखि २०० रुपैयाँ, रुख कटहर प्रतिकेजी ४० देखि ५० रुपैयाँ, लोकल नासपाती ९० देखि १०० रुपैयाँ र चाइनिज नासपाती २०० देखि २५० रुपैयाँमा उपलब्ध छ । मेवा नेपाली ७० देखि ८० र भारतीय ९० देखि १०० रुपैयाँ, किवि ३५० देखि ४०० रुपैयाँ, शरीफा २५० देखि ३०० रुपैयाँ, आभोकाडो २०० देखि २५० रुपैयाँ, र अमला १५० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ । नरिवल काँचो प्रति गोटा ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँ तथा नेपाली ड्रागन फ्रुट प्रतिकेजी ४०० देखि ५०० रुपैयाँ तोकिएको छ ।

अदुवा २०० देखि २२० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, हरियो लाम्चो र बुलेट खुर्सानी ६० देखि ७० रुपैयाँ, माछे खुर्सानी ४० देखि ५० रुपैयाँ र अकबरे खुर्सानी २०० देखि ३०० रुपैयाँमा कारोबार भइरहेको छ । भेडे खुर्सानी ४० देखि ५० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ, हरियो धनिया १५० देखि २०० रुपैयाँ, सुकेको चाइनिज लसुन २०० देखि २२० रुपैयाँ र नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ तोकिएको छ । यस्तै छ्यापी सुकेको र हरियो दुवै १८० देखि २०० रुपैयाँमा पाइन्छ ।

अन्त्यमा, माछातर्फ सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको समितिले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?