हेर्नुहोस्: कालिमाटीमा आज कुन तरकारी सस्तो, कुन महँगो ?
काठमाडौँ, २१ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा र भारतीय ठूलो गोलभेडा दुवैको मूल्य प्रतिकिलो न्यूनतम ७० देखि अधिकतम ८० रुपैयाँ तोकिएको छ । यस्तै, सानो लोकल गोलभेडा प्रतिकिलो २८ देखि ३८ रुपैयाँ र टनेलको सानो गोलभेडा ४२ देखि ५७ रुपैयाँमा कारोबार भइरहेको छ । आलुतर्फ, रातो लाम्चो आलु ५० देखि ५४ रुपैयाँ, रातो गोलो आलु ४८ देखि ५३ रुपैयाँ, मुडेको रातो आलु ४८ देखि ५३ रुपैयाँ, भारतीय रातो आलु ४० देखि ४५ रुपैयाँ र सेतो आलु ३५ देखि ४० रुपैयाँ न्यूनतम र अधिकतम मूल्य कायम गरिएको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज प्रतिकिलो ९३ देखि ९८ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । लोकल गाजर १०० देखि १२० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ । लोकल बन्दा २० देखि ३० रुपैयाँ, स्थानीय काउली ९० देखि १०० रुपैयाँ, लोकल काक्रो ४० देखि ५० रुपैयाँ, हाइब्रिड काक्रो १० देखि २० रुपैयाँ र लोकलक्रस काक्रो ४० देखि ५० रुपैयाँमा उपलब्ध छ ।
यसैगरी, रातो मूला प्रतिकिलो २० देखि ३० रुपैयाँ, हाइब्रिड सेतो मूला २५ देखि ३५ रुपैयाँ, लाम्चो भन्टा १५ देखि २५ रुपैयाँ र डल्लो भन्टा ३० देखि ४० रुपैयाँ तोकिएको छ । बोडीतर्फ तने बोडी ५० देखि ६० रुपैयाँ, मकै बोडी १०० देखि १२० रुपैयाँ, लोकल तथा हाइब्रिड घिउ सिमी ९० देखि १०० रुपैयाँ, टाटे सिमी ६० देखि ७० रुपैयाँ र भटमास कोशा १२० देखि १४० रुपैयाँमा कारोबार भइरहेको छ ।
समितिका अनुसार तितो करेला प्रतिकिलो ४० देखि ५० रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ, लोकल तथा तराईको परवर ७० देखि ८० रुपैयाँ, चिचिण्डो २० देखि ३० रुपैयाँ र घिरौला १५ देखि २५ रुपैयाँ मूल्य तोकिएको छ । झिगूनी ५० देखि ६० रुपैयाँ, पाकेको फर्सी ६० देखि ७० रुपैयाँ, हरियो डल्लो फर्सी ३० देखि ४० रुपैयाँ, भिण्डी ४० देखि ५० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ६० देखि ७० रुपैयाँ र स्कूस १५ देखि २५ रुपैयाँमा बिक्री भइरहेको छ ।
सागसब्जी अन्तर्गत रायोको साग ४० देखि ८० रुपैयाँ, पालूगो साग १५० देखि २०० रुपैयाँ, तोरीको साग ८० देखि १०० रुपैयाँ र हरियो प्याज १०० देखि १५० रुपैयाँ प्रतिकिलो पर्नेछ । च्याउतर्फ कन्य च्याउ २०० देखि २५० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १,००० रुपैयाँ मूल्य तोकिएको छ । कुरीलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १२० देखि १४० रुपैयाँ र चुकुन्दर ६० देखि ७० रुपैयाँमा उपलब्ध छ ।
यसैगरी, सजिवन प्रतिकिलो २०० देखि २५० रुपैयाँ, रातो बन्दा ५० देखि ६० रुपैयाँ, जिरीको साग १५० देखि २०० रुपैयाँ, सेलरी ४०० देखि ५०० रुपैयाँ, पार्सले १,६०० देखि १,८०० रुपैयाँ, सौफको साग १०० देखि १५० रुपैयाँ, पुदीना ६०० देखि ७०० रुपैयाँ र गान्टे मूला १०० देखि १५० रुपैयाँ न्यूनतम र अधिकतम मूल्य कायम गरिएको छ । इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ, गुन्दुक ३०० देखि ३५० रुपैयाँ र रुख टमाटर २०० देखि २५० रुपैयाँ तोकिएको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० देखि ४०० रुपैयाँ, जुम्लाको स्याउ ३६५ देखि ४०० रुपैयाँ र मुस्ताङको स्याउ १३५ देखि १६० रुपैयाँ मूल्य छ । नेपाली केरा प्रतिदर्जन १८० देखि २२० रुपैयाँ र मालभोग केरा १०० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ । कागती प्रतिकिलो ३५० देखि ४०० रुपैयाँ, अनार २५० देखि ३०० रुपैयाँ, मौसम १०० देखि १५० रुपैयाँ, जुनार १५० देखि २०० रुपैयाँ र भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, रुख कटहर प्रतिकिलो ४० देखि ५० रुपैयाँ, लोकल नासपाती ९० देखि १०० रुपैयाँ, चाइनिज नासपाती २०० देखि २५० रुपैयाँ, नेपाली मेवा ७० देखि ८० रुपैयाँ, भारतीय मेवा १०० देखि १२० रुपैयाँ र अम्बा १५० देखि २०० रुपैयाँ मूल्य कायम गरिएको छ । लप्सी ५० देखि ६० रुपैयाँ, किवि ३५० देखि ४०० रुपैयाँ, शरीफा २०० देखि २५० रुपैयाँ, आभोकाडो २०० देखि २५० रुपैयाँ, अमला १५० देखि २०० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अदुवा प्रतिकिलो २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, लाम्चो र बुलेट हरियो खुर्सानी ५० देखि ६० रुपैयाँ, माछे हरियो खुर्सानी ४० देखि ५० रुपैयाँ र अकबरे हरियो खुर्सानी १५० देखि २५० रुपैयाँ मूल्य तोकिएको छ । भेडे खुर्सानी ४० देखि ७० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ, हरियो धनिया १०० देखि २०० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० देखि २६० रुपैयाँ, नेपाली सुकेको लसुन २०० देखि २३० रुपैयाँ, तथा सुकेको र हरियो छ्यापी १८० देखि २०० रुपैयाँमा उपलब्ध छ ।
अन्त्यमा माछातर्फ, सुकेको माछा प्रतिकिलो ८०० देखि १,००० रुपैयाँ मूल्य तोकिएको छ । ताजा माछा अन्तर्गत रहु ३४० देखि ३७० रुपैयाँ, बचुवा ३०० देखि ३४० रुपैयाँ र छडी माछा प्रतिकिलो ३२० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
