कालिमाटी बजारमा कृषि उपजको नयाँ मूल्य सार्वजनिक: यस्तो छ आजको दरभाउ
काठमाडौँ, २२ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज नेपाली र भारतीय दुवै ठूला गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ८० रूपैयाँ र अधिकतम मूल्य ९० रूपैयाँ तोकिएको छ ।सानो लोकल गोलभेडा प्रतिकेजी ३५ देखि ४५ रूपैयाँसम्म र टनेलको सानो गोलभेडा ५० देखि ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, लाम्चो रातो आलु न्यूनतम ५० र अधिकतम ५४ रूपैयाँमा बिक्री भइरहेको छ भने गोलो रातो आलु र मुडेको रातो आलु ४८ देखि ५३ रूपैयाँमा उपलब्ध छ ।भारतीय रातो आलु ४० देखि ४५ रूपैयाँ र सेतो आलु ३५ देखि ४० रूपैयाँमा पाइन्छ । भारतीय सुकेको प्याज प्रतिकेजी ९३ देखि ९८ रूपैयाँसम्म रहेको छ ।
स्थानीय गाजरको मूल्य प्रतिकेजी १०० देखि १२० रूपैयाँ रहेको छ भने तराईको गाजर ७० देखि ८० रूपैयाँमा पाइन्छ । यस्तै, स्थानीय बन्दा २० देखि ३० रूपैयाँ, स्थानीय काउली ८० देखि १०० रूपैयाँ र स्थानीय काँक्रो तथा लोकलक्रस काँक्रो ४० देखि ५० रूपैयाँमा बिक्री भइरहेको छ । हाइब्रीड काँक्रो भने १० देखि २० रूपैयाँ जति सस्तो मूल्यमा उपलब्ध छ । त्यसैगरी, रातो मूला २० देखि ३० रूपैयाँ, स्थानीय सेतो मूला २५ देखि ३० रूपैयाँ र हाइब्रीड सेतो मूला २५ देखि ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
लाम्चो भन्टा १५ देखि २५ रूपैयाँ, डल्लो भन्टा ३० देखि ४० रूपैयाँ, तने बोडी ६० देखि ८० रूपैयाँ र मकै बोडी १०० देखि १२० रूपैयाँ कायम गरिएको छ । यस्तै, स्थानीय र हाइब्रीड घिउ सिमी ८० देखि १०० रूपैयाँ, टाटे सिमी ६० देखि ७० रूपैयाँ र भटमासकोशा १२० देखि १४० रूपैयाँमा बिक्री भइरहेको छ । तितो करेला, लौका, भिण्डी र भेडे खुर्सानीको मूल्य समान ४० देखि ५० रूपैयाँ प्रतिकेजी रहेको छ ।लोकल र तराईको परवर ७० देखि ८० रूपैयाँ, चिचिण्डो २० देखि ३० रूपैयाँ, घिरौला १५ देखि २५ रूपैयाँ र झिगूनी ६० देखि ७० रूपैयाँमा पाइन्छ । पाकेको फर्सी ६० देखि ७० रूपैयाँ र हरियो डल्लो फर्सी ३० देखि ४० रूपैयाँमा उपलब्ध छ ।
सखरखण्ड १०० देखि १२० रूपैयाँ, पिँडालु ६० देखि ७० रूपैयाँ र स्कूस १५ देखि २५ रूपैयाँमा पाइन्छ । रायो र तोरीको साग क्रमशः ५० देखि ८० र ८० देखि १०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, पालूगो साग, हरियो प्याज, जिरीको साग र सौफको सागको मूल्य समान १०० देखि १५० रूपैयाँ प्रतिकेजी रहेको छ । च्याउतर्फ कन्य च्याउ २०० देखि २५० रूपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रूपैयाँ, राजा च्याउ ३०० देखि ३२० रूपैयाँ र सिताके च्याउ ८०० देखि १००० रूपैयाँसम्म पुगेको छ । कुरिलो र सेलरी ४०० देखि ५०० रूपैयाँ, न्यूरो ९० देखि १०० रूपैयाँ, ब्रोकाउली १२० देखि १४० रूपैयाँ र चुकन्दर ६० देखि ७० रूपैयाँमा पाइन्छ ।
त्यसैगरी, सजिवन २०० देखि २५० रूपैयाँ, रातो बन्दा ५० देखि ६० रूपैयाँ, पुदीना ६०० देखि ७०० रूपैयाँ र गान्टे मूला १०० देखि १५० रूपैयाँमा बिक्री भइरहेको छ । इमली १६० देखि १८० रूपैयाँ, तामा र तोफु १४० देखि १६० रूपैयाँ, गुन्दुक ३०० देखि ३५० रूपैयाँ र रुख टमाटर १५० देखि २०० रूपैयाँमा उपलब्ध छ ।
फलफूलतर्फ फूजी स्याउ ३५० देखि ४०० रुपैयाँ, जुम्लाको स्याउ ३६५ देखि ४०० रुपैयाँ र मुस्ताङको स्याउ १३५ देखि १६० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ। नेपाली केरा प्रतिदर्जन १८० देखि २२० रूपैयाँ र मालभोग केरा १०० देखि १५० रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै, कागती ३५० देखि ४०० रूपैयाँ, अनार २५० देखि ३०० रूपैयाँ, हरियो तरबुजा ५० देखि ६० रूपैयाँ र मौसम १०० देखि १५० रूपैयाँमा पाइन्छ । जुनार १५० देखि २०० रूपैयाँ, भुई कटहर प्रतिगोटा १८० देखि २०० रूपैयाँ र रुख कटहर प्रतिकेजी ४० देखि ५० रूपैयाँमा उपलब्ध छ ।
यसैगरी, स्थानीय नासपाती ९० देखि १०० रूपैयाँ, चाइनिज नासपाती २०० देखि २५० रूपैयाँ, नेपाली मेवा ७० देखि ८० रूपैयाँ र भारतीय मेवा १०० देखि १२० रूपैयाँ कायम गरिएको छ । अम्बा १५० देखि २०० रूपैयाँ, लप्सी ५० देखि ६० रूपैयाँ, किवि ३५० देखि ४०० रूपैयाँ, शरीफा २०० देखि २५० रूपैयाँ र आभोकाडो २५० देखि ३०० रूपैयाँमा पाइन्छ । अमला १५० देखि २०० रूपैयाँ, काँचो नरिवल ६० देखि ८० रूपैयाँ र हरियो नरिवल १५० देखि १७० रूपैयाँमा कारोबार भइरहेको छ ।
अदुवा प्रतिकेजी २०० देखि २३० रूपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रूपैयाँ र हरियो खुर्सानी (लाम्चो र बुलेट) ५० देखि ६० रूपैयाँमा पाइन्छ । माछे खुर्सानी ४० देखि ५० रूपैयाँ र अकबरे खुर्सानी १५० देखि २५० रूपैयाँमा उपलब्ध छ । हरियो लसुन १५० देखि २०० रूपैयाँ, हरियो धनियाँ १०० देखि १५० रूपैयाँ र सुकेको लसुन (चाइनिज र नेपाली) २०० देखि २६० रूपैयाँमा बिक्री भइरहेको छ । सुकेको छ्यापी १८० देखि २०० रूपैयाँ र हरियो छ्यापी १५० देखि २०० रूपैयाँमा पाइन्छ ।
यस्तै, सुकेको माछा ८०० देखि १००० रूपैयाँ प्रतिकेजी छ भने ताजा माछाहरू (रहु, बचुवा, छडी) प्रतिकेजी ३०० देखि ३७० रूपैयाँसम्ममा उपलब्ध रहेको समितिले जनाएको छ ।
