सुन्तलाको भाउ अहिलेसम्मकै उच्च

सुन्तला क्षेत्र

सोलुखुम्बु : सोलुखुम्बुमा सुन्तलाको भाउ अहिलेसम्मकै उच्च भएको छ । अहिले प्रतिकेजी सरदर १२० रुपियाँसम्म सुन्तलाको खरिद बिक्री भइरहेको छ ।
अघिल्ला वर्षहरूमा प्रतिकेजी ६० देखि ७० रुपियाँ केजीमा बिक्री भएको सुन्तला यो वर्ष बढेर एक सय रुपियाँदेखि १२० रुपियाँसम्म पुगेको व्यापारीले बताएका छन् । सुन्तला उत्पादनमा भारी गिरावट आएपछि मूल्य वृद्धि भएको स्थानीय कृषक बताउँछन् ।

जिल्लाको सुन्तला उत्पादन हुने क्षेत्र थुलुङ दूधकोसी, नेचासल्यान र माप्यदूधकोसी गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला उत्पादनमा गिरावट आएको हो । विगतको तुलनामा सुन्तला उत्पादनमा करिब ७५ प्रतिशत कमी आएकाले जिल्लामा सुन्तलाको भाउ अझै बढ्न सक्ने थुलुङ दूधकोसी गाउँपालिकाको देउसा रनेमका रामकुमार राईले बताउनुभयो ।

सुन्तलामा कीरा पर्नुका साथै बढी वर्षा भएकाले समस्या भएको अर्का कृषक सविन राईको भनाइ छ । केही वर्षदेखि सोलुखुम्बुमा सुन्तला क्षेत्र नै निर्माण गरेर काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सम्पर्क कार्यालय सोलुखुम्बुले प्रभावकारी रूपमा किसानको समस्या समाधान गर्न नसक्दा सुन्तला किसासलाई मर्का परेको उत्पादक किसानको गुनासो छ ।प्राविधिक सुनीता पाण्डेले भने सुन्तला उत्पादन घट्नुको कारण पत्ता लगाई आगामी वर्षमा सुन्तला उत्पादनमा सुधार ल्याउने बताउनुभयो । गोरखापत्र अनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?