दालचिनी खाने बानीले तपाईंलाई राख्छ स्वस्थ, यस्ता छन् फाइदा हेरौ :

दालचिनी अधिकांशको भान्सामा सहजै पाईन्छ। खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ। स्वादको लागि मात्र नभई दालचिनी कयौ रोगका घरेलु उपचार पनि हो।

दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ र यो कुरा कमैलाई मात्र थाहा छ। सीलोन दालचिनी (म्याक्सिकन दालचिनी), कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी।

सिलोन दालचिनी अन्य दालचिनीभन्दा फरक हुन्छ। यो दालचिनी वर्म रुखबाट उत्पादन हुन्छ। सिलोन दालचिनीका विभिन्न फाइदाहरु छन्, जुन यहाँ उल्लेख गरिएका छन्ः

मधुमहेका लागि फाइदाजनक

मधुमेहका बिरामीका लागि सिलोनको दालचिनी निकै फाइदाजनक मानिन्छ। यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गरी शरीरमा इन्सुलिन प्रतिरोधलाई कम गर्दछ। त्यसैले सिलोन दालचिनी मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ।

क्यान्सरको जोखिम घटाउँछ

क्यान्सर रोगको अहिलेसम्म कुनै उपचार छैन। तर सिलोन दालचिनी क्यान्सरका बिरामीका लागि एक आशाजनक घरेलु उपचार हुन सक्छ। यसमा क्यान्सरसँग लड्ने इन्जामका साथै एन्टीअक्सिडेन्ट, एन्टीइन्फ्लामेट्री र एन्टीमाइक्रोबियल गुण हुन्छ। यो सिलोन दालचिनीमा यो सब गुण हुनु भनेको शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो बनाउनु हो। यसमा पाइने एन्टीअक्सिडेन्ट एंजाइम एक्टिविटीलाई बढाउँछ, जुन क्यान्सरलाई रोक्न मद्दत गर्दछ।

उच्च रक्तचाप घटाउन सहयोगी

हरेक किसिमको दालचिनीमा एसिड पर्याप्त मात्रा हुने गर्छ। अध्ययनका अनुसार सिलोन दालचिनीको सेवन रक्तचापलाई कम गराउन लाभकारी मानिन्छ। मुटुसम्बन्धी विभिन्न समस्याको जोखिम घटाउन पनि दालचिनीको भूमिका महत्वपूर्ण हुन्छ।

दालचिनी चियाको फाइदा
कतिपय मानिसले दालचिनीको चिया खाने गरेको देख्नु भएकै होला। यो स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ। यो एक प्रकारको डिटक्स ड्रिंक पनि हो, जसले शरीरको तौल कम गर्न मद्दत गर्दछ। विशेषज्ञका अनुसार दालचिनीको चिया बिहान खाली पेटमा सेवन गर्दा शरीरलाई फाइदा गर्छ। दालचिनी चिया विभिन्न तरिकाले बनाउन सकिन्छ। केही तरिकाहरु यहाँ प्रस्तुत गरिएका छन्ः
– सबैभन्दा पहिले कुनै भाँडोमा पानी राख्ने। पानी दालचिनी र तुलसीको केही पात राख्ने।
– पानीलाई मध्यम आगोमा पाँचदेखि ६ मिनेटसम्म उमाल्ने। उक्त पानीलाई ढाकेर राख्ने।
– पानीलाई त्यो बेलासम्म उमाल्नुपर्छ, जबसम्म पानी सुकेर आधार हुँदैन।
– उक्त पानी गिलासमा राखेर स्वाद अनुसार कागतीको रस मिलाउने।
– स्वादको लागि पानीमा एक चम्चा मह पनि मिसाउन सकिन्छ। त्यसपछि दालचिनी चिया तयार हुन्छ।

एजेन्सीको सहयोगमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?