किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण वितरण

कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका छन्।

तनहुँ: बन्दिपुर गाउँपालिकाले आज स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण वितरण गरेको छ । एक्काइस २१ मिनीटिलर, २० कुटानी पिसानी, पाँच घाँस काट्ने र तीन स्टे उपकरण वितरण गरिएको हो ।

गाउँपालिका मातहतका छवटै वडाका किसानलाई लक्ष गरी गाउँपालिकाको रु १४ लाख र किसानको रु १४ लाख गरी कूल रु २८ लाखको लागतमा उक्त सामाग्री खरिद गरेर ल्याइ वितरण गरिएको हो ।

व्यक्तिगत र समूहगतरुपमा माग भई आएका सबै किसानलाई सामग्री उपलब्ध गराइएको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “किसानलाई प्रोत्साहन गर्न अनुदानमा कृषि औजर उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो, “किसानलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।”

मिनीटिलरले बाँझो जमिन जोत्ने र खेती लगाई धेरैभन्दा धेरै उत्पादन गरेर खाद्य बालीमा आत्मनिर्भर बन्न सहयोग पु¥याउने, व्यावसायिकरुपमा पशुपालन गरेका किसानलाई थोरै समयमा धेरै घाँस काट्न सकिने र छोटो समयमा कुटानी पिसानी गर्न सकिने भएकाले त्यस्ता उपकरण वितरण गरिएको हो ।

खानेपानी आयोजना निर्माण

बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको निर्माण भएको छ । खानेपानीको अभाव रहेको उक्त क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो । रु एक करोड ५१ लाखको लागतमा निर्मित आयोजना यही चैत १८ गते शभारम्भ गरिने आयोजनाका अध्यक्ष रोजन बानियाँले जानकारी दिनुभयो । उक्त आयोजनाबाट वितरित खानेपानीबाट सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका २२५ घरधुरी लाभान्वित हुनेछन् । (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?