आजको मौसमः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

भारी वर्षा

काठमाडौं : हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ।

आज (बिहिबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिहिबार दिउँसाे भने प्रदेश-१, मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका केही स्थानमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना रहेको छ।बिहिबार राती भने प्रदेश-१ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएकाे छ।

त्यस्तै, प्रदेश -१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?