भारतले चिनी निर्यातमा प्रतिबन्ध लगायाे

चिनी बरामद

काठमाडौँ :भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। आगामी जुन १ बाट लागु हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको जनाएको छ। यसअघि भारतले गहुँ निर्यातमा पनि प्रतिबन्ध लगाएको छ।

चिनी उत्पादनको सिजनमा एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ। सन् २०२१ अक्टुबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने भारतीय छ।

हाल नेपालमा औद्योगिक र उपभोग प्रयोजनको लागि वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ। यसमध्ये करिब एक लाख ३० हजार स्वदेशी उत्पादनले धानिरहेको छ। बाँकी विभिन्न मुलुकबाट आयात गरिन्छ। भारतले चिनी निर्यातमा लगाएको रोकले नेपालमा केही प्रभाव पर्ने देखिन्छ।

भारतबाट मात्रै चालु आवको १० महिनामा ८९ हजार मेट्रिक टन चिनी आयात भएको थियो। कुल चार अर्ब ७० करोड बराबरको चिनी आयात भएको हो।

भारतले सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भने भन्सार छुटको घोषणा गरेको छ भने दुई आर्थिक वर्षसम्मको लागि २० लाख मेट्रिक टन बराबरको सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भन्सार नलाग्ने घोषणा गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?