मुगुमा पहिरोले तीन जनाको मृत्यु, आठ बेपत्ता

खेतबारी,सिँचाइ कुलो र खानेपानीको पाइप बगायो

मुगु : अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो भने आठ जना बेपत्ता भएका छन् । मृतक र बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस्तै वडा नं ८ मा १० वटा घर पहिरोका कारण भत्किएका छन् । यहाँको पूरै गाउँ पहिरोको उच्च जोखिममा रहेको छ ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको छ । साथै पहिरोको उच्च जोखिम रहेकाले टोप्ला, सिगाडी र घुइर गाउँका अधिकांश बासिन्दा विस्थापित भएका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?