माछा,फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ४५ रुपैयाँ,अनार मूल्य ३९० रुपैयाँ, अम्बा प्रतिकेजी ११० रुपैयाँ, खु्र्सानी सुकेको ४१५ रुपैयाँ,भुई कटहर (प्रति गोटा) २२५ रुपैयाँ,डल्लेच्याउ ३२५ रुपैयाँ,आलु रातो प्रतिकेजी मूल्य ९९ रुपैयाँ ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी किवि प्रतिकेजी ३२५,गुन्दुक २७५ रुपैयाँ,अकबरे खुर्सानी हरियो ८५ रुपैयाँ ,स्थानीय काउली ५५ रुपैयाँ,काक्रो(लोकल) ९५ रुपैयाँ ,गोलभेडासानो(लोकल) ३७ रुपैयाँ ६७ पैसा,नेपाली गोलभेडा ठूलो ९५ रुपैयाँ ,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) ११५ रुपैयाँ,कागती प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार आभोकाडो प्रतिकेजी २७५ रुपैयाँ,लोकल परवर ५५ रुपैयाँ,केरा प्रतिदर्जन ११० रुपैयाँ,रातो बन्दा १७५ रुपैयाँ,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ५५ रुपैयाँ,ब्रोकाउली १७५ रुपैयाँ ,तरबुजा(हरियो) ८५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४५ रुपैयाँ,ताजा माछा(रहु) ३४० रुपैयाँ,भेडे खु्र्सानी १८५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

