अदुवाले पायो मूल्य

इलाम — मूल्य कम भएका कारण निराश बन्दै गएका कृषक योपटक भने अदुवाले राम्रो मूल्य पाएपछि हर्षित छन्  । सिजनको सुरुमा नै अदुवाले यसअघि भन्दा अपत्यारिलो मूल्य पाएको हो  ।

अघिल्लो वर्ष प्रतिमन (४० किलो) को ५ सय रुपैयाँसम्म मात्र मूल्य रहेकोमा यो पटक १ मनको ३ हजारसम्म पुगेको हो । ‘यो मूल्य केही वर्षयताको उच्च हो,’ बिब्ल्याँटे बजारका व्यपारी कृष्ण पौडेलले भने, ‘कलिलैमा यति धेरै मूल्य आउला भन्ने कसैले सोचेकै थिएन ।’

माउ अदुवा निकाल्ने सिजनमा पनि उस्तै मूल्य पाएकाले कृषकले थप आम्दानी लिन सकेका छन् । जिल्लाका अधिकांश गाउँको बेसी क्षेत्रमा उत्पादन हुने अदुवाले मूल्य पाएपछि अहिले खन्ने र बजारसम्म पुर्‍याउने चटारो छ । स्थानीय व्यपारीले बारीमै प्रतिमन २ हजारसम्ममा किनेर ब्बिल्याँटे, तीनघरे, फिक्कल, मंगलबारेलगायत बजारमा ३ हजारसम्म बिक्री गरिरहेका छन् ।

यसअघिको मूल्य अनिश्चितताले भने उत्पादन घटेको छ । अघिल्लो वर्ष बिक्री गर्न नै मुस्किल भएकाले कृषकले खेती घटाएका हुन् । ‘गत वर्ष ढुवानीसम्म नउठ्ने भएकाले कृषकले कम मात्र खेती गरे,’ सन्दकपुर ५ जमुनाका कृषक ज्ञानु खनालले भने, ‘डेढ सय मनसम्म अदुवा बिक्री गर्दै गरेकामा योपटक ५० मन मात्र उत्पादन गरेको छु ।’कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?