आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौं :हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

  

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै आज राती सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ मंसिर १६ गते  (शुक्रबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 २०७९ मंसिर १७ गते  (शनिबार)

 दिउँसो: देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 राती: देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ

आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श  

तराई  भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?